अछाम माघ १७ ।
नेपाली कांग्रेस कमलबजार नगरपालिका नगर कार्यसमितीले आयोजना गरेको चुनाव केन्दित छलफल कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस कमलबजार नगर कार्यसमितिका कार्यवहाक सभापति हर्क बहादुर भण्डारी सभापतित्व कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपालि कांग्रेस अछामका सभापति निर्वतमान प्रतिनिधि सभा सदस्य एवंम प्रतिनिधी सभाका उमेदवार पुष्प बहादुर शाहले आफु पस क्षेत्रको विकासको लागि निरन्तर प्रयास गरिरहेको बताउनु भएको छ । आफुले अछाम र आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि संसदर सरकारमा बुलन्द आव उठाएको बताउनु भयो । आफुलाई आफ्नो निर्वाचान क्षेत्रका सम्पूर्ण जनताको साथ रहेकोले आफ्नो विजय सुनिश्चित रहेकाले हल्लाको भरमा नपरी एक ठिक्का भएर आशनन निवाचनमा होमिन आफ्ना पाटिका कार्यक्रता र आम मतदाता लाई अनुरोध गर्नु भएको छ ।
कार्यक्रमका विषिष्ट अतिथी नेपालि कांग्रेसका नेता पूर्व सांसद रामबहादुर विष्टले आशन्न निर्वाचनको सफल्ताको लागि नेपाली कांग्रेसका सबै तहका नेता कार्यकर्ता एक मत रहेको र आफ्नो पटिलाई जिताउन एक ठिक्का भएर लाग्न अनुरोध गर्नु भएको छ । अछाम कांग्रेस एक ठिक्का रहेको सन्देस दिन सबैलाई अनुरोध गर्नु भयो। कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य क्षेत्रिय कार्य समितीका पदाधीकारी सदस्य नगर कार्यसमितीका पदाधिकारी सदस्य जनप्रतिनिधी वडा सभापती लगाएत पाटी सम्बद्ध विभिन्न भातृ संस्थाका प्रमुख हरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय