हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन २६ ।
अछाम क्षेत्र नं २ को समानुपातिक तर्फको मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन कार्यालय मंगलसेनले आज सार्वजनिक गरेको मत परिणाम अनुसार प्रत्येक्षमा एमालेले जितेपनी समानुपातिकमा कांगेश ५ सय २७ मतले एमाले भन्दा अगाडी देखिएको छ । अछाम क्षेत्र नं २ मा ८३ हजार ७ सय ५३ मतदाता रहेकोमा फाल्गुन २१ गते सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा ३२ हजार ६ सय ५० मत खसेको थियो । जस मध्ये समानुपातिक तर्फ १ हजार ५ सय ३१ मत बदर भएको छ । जम्मा सदर मत ३१ हजार १ सय १९ मत मध्ये नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्सवाद लेलिनवादी) नेकपा एमालेले ८ हजार ९ सय ८५ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेशले ९ हजार ५ सय १२ मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ४ हजार ८ सय ११ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार ८ सय ४० मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सय ६८ मत प्राप्त गरेको छ भने नेपाल मजदूर किसान पार्टीले १ सय ६ मत प्राप्त गर्दा अन्य दलले एक सय मत कटाउन सकेका छैनन ।




