हिक्मत बहादुर नेपाली
अछाम चैत्र ३ ।
कमलबजार नगरपालिका वडा नं १ स्थित श्री बागेश्वरी आधारभुत विद्यालय भवन निमार्ण योजनाको अनुगमन गरिएको छ । ४ कोठे पम्की भवन निमार्णका लागी कमलबजार नगरपालिकाको आ.व २०८२८३ को बजेटमा ३० लाख रकम बिनियोजन गरेको छ । कमलबजार नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितीका संयोजक शारदा बिष्ट कुँवरको नेतृत्वमा गएको अनुगमन टोलीले भवन निमार्ण योजनाको अनुगमन गरेको हो । अनुगमनमा अनुगमन समितीका सदस्य नृप बहादुर बोहरा, योजना शाखामा कार्यरत सहायक पाँचौं बिरेन्द्र तिमिल्सैना, प्राविधिक रविन गाईत, फिल्ड सहायक हिक्मत बहादुर नेपाली लगायतको सहभागीता रहेको थियो । प्राविधिक स्टमेट अनुसार भवन निमार्ण कार्य भईरहेको प्राविधिकको भनाई छ । हाल छत ढलान सम्मको काम सम्पन्न भएको छ भने पलास्टर र फिनिसिङको काम गर्न बाँकी रहेको छ ।




