हिक्मत बहादुर नेपाली
अछाम चैत्र ३ ।
अछाम जेसिज बर्ष २०२६ को दोश्रो बोर्ड बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । अछाम जेसिज बर्ष २०२६ का अध्यक्ष जेसी झनक अधिकारीको अध्यक्षतामा भएको आजको बैठकले बैशाख ५ गते रामारोशनमा एरिया डी (अध्यक्ष) सम्मेलन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । नेपाल जेसिजको आयोजना तथा अछाम जेसिजको आथित्यतामा पर्यटन प्रर्वद्धनका लागी अछामको रामारोशनमा हुने एरिया डी (अध्यक्ष) सम्मेलन गर्न पाउनु अछाम जेसिजको स्थापनाकाल देखीकै एक महत्वपुर्ण अवसर भएकाले कसरी सफल बनाउने भन्ने बिषयमा बैठकमा गहन छलफल भएको थियो । नेपाल जेसिजले नेपाल भरका शाखालाई चार वर्गमा विभाजन गरेको छ । जस मध्ये पश्चिम नेपालका ५७ भन्दा बढी शाखा एरिया डी ( क्षेत्र घ ) मा पर्दछन । प्रत्येक शाखाका अध्यक्ष र अन्य पदाधिकारी सो सम्मेलनमा उपस्थित हुनेछन । जस मार्फत रामारोशन क्षेत्रको थप प्रचारप्रसार र प्रर्वद्धन टेवा पुग्ने विश्वास गरिएको छ ।
आजको बैठकका अछाम जेसिसका पुर्व अध्यक्षहरुलाई नेपाल जेसिजको विधान अनुसार विभिन्न पदमा मनोनित भएकोमा सम्मान समेत गरिएको थियो । अछाम जेसिज बर्ष २०२६ का पदाधिकारीहरुको उपस्थितीमा होटल सनसाईनको हलमा सम्पन्न भएको बैठकको संचालन महासचिव आनन्द साउदले गर्नुभएको थियो ।




