अछाम चैत्र १५ ।
नेकपा एमाले अछामले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीको केन्द्रको निर्देशन अनुसार एमाले जिल्ला कमीटी अछामले पनी अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुुर बुढा मार्फत ज्ञापनपत्र बुझाएको हो । मंगलसेनको पार्टी कार्यालय बाट ¥याली सहित जिल्ला प्रशासन कार्यालय अछाममा पुगेको टोलीले ज्ञापन पत्र बुझाएको पार्टीले जनाएको छ ।
एमाले अछामका सचिव हिरण्ड भट्राई द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्नुपर्ने माग गर्दै एमाले पार्टी माथिको प्रतिशोध तत्काल बन्द गर्नुपर्ने अन्यथा वर्तमान सरकारले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी समेत दिएको छ । राजनितिक प्रतिशोध राखेर कथित कार्की आयोगकको प्रतिवेदन खारेज गर्नुपर्ने माग गर्दै पार्टीले यो सरकारले देशलाइ मुठभेड तर्फ लैजाने काम गरेको आरोप लगाएको छ ।
गौरी बहादुर कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने आययोगकको प्रतिवेदनले नै पुस्टी गरेकाले उक्त प्रतिवेदन कुनै एक राजनितिक नेतृत्वको चरित्र हत्या गर्ने काम मात्रै गरेको आरोप लगाएको छ । नेकपा एमालेका अध्यक्ष लगायतलाई पक्राउ गर्नुलाई एमाले जिल्ला कमिटीले सिंगो कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन माथिको नाङ्गो प्रहार र दमन सुरुभएको पार्टीको ठहर छ ।
ज्ञापन पत्र पछी भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले अछामका पुर्व अध्यक्ष चन्द्र बहादुर बोहराले वर्तमान सरकारले एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई प्रतिशोध राखी पक्राउ गर्नु नै गैरकानुनी कार्य भएकाले तत्काल रिहाई गर्न माग गर्नुभएको छ । गौरी बहादुर कार्की आफै विवादित व्यक्ति भएको र उनकै नेतृत्वका प्रतिवेदनका आधारमा पुर्व प्रधाान मन्त्रीलाई पक्राउ गर्ने कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभयो ।
कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य चक्र बहादुर रावल, भिम जानाला, जिल्ला कमिटी सचिव हिरण्ड भट्राई, पुर्व जिल्ला कमिटी सचिव भिम रावल (कालोटोपी ) जिल्ला कमिटी उपसचिव टोप बहादुर शाही लगायतका नेताहरुको सहभािगता रहेको प्रेस चौतारी अछामका अध्यक्ष कृष्ण बहादुर बुढाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय