हिक्मत बहादुर नेपाली
अछाम असार १३ ।
बहुक्षेत्रीय पोषण परियोजना अन्तर्गत कमलबजार नगरपालिका वडा नं ९ मष्टाबण्डालीका सुनौला हजार दिने आमा लाई ६ लाख २५ हजारका बाख्रा वितरण गरिएको छ । यश अघि वडा भित्रका २५ जना लाभग्राहीलाई छनोट गरि सोझै प्रत्येक लाभग्राहीको बैंक खातामा २५/२५ हजार नगद जम्मा गरिएको थियो । सोही नगद बाट पोषणमा सुधार तथा जीविकोपार्जनमा सहयोग पुगोस भन्ने उदेश्यले प्रत्येक सुनौला हजार दिने आमा र विपन्न नागरिकले बाख्रा पालन गरिरहेका छन । सो कार्यक्रम बाट वडाका विपन्न दलित गरिव परिवारका नागरिकहरु प्रत्येक्ष लाभान्वित भएका वडा अध्यक्ष कमल प्रसाद बजगाईले बताउनुभयो । बाख्रा पालनका लागि अनुदान पाएर बाख्रा पालन गरिरहेका कृषकले आफ्नो दैनिक घरखर्च चलाउन सहज भएको बताएका छन । सुनौला हजार दिन भित्र सन्तान लाई हुर्काईरहेकी सोही वडाकि रमिता धामी रावतले बालबालिकाको भविष्यका लागि समेत यो कार्यक्रमले आफुलाई केही गर्ने साहस थपेको बताउनुभयो ।
आज सो कार्यक्रम कार्यान्वयनको अवस्था बुझ्न प्रत्येक लाभग्राहीको घरमा गएर अनुगमन गरिएको छ । अनुगमन मा कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल उपप्रमुख शारदा बिष्ट कुँवर, ९ नं का वडा अध्यक्ष कमल प्रसाद बजगाई, वडा सचिव नेत्र बहादुर बिष्ट, कमलबजार नगरपालिकामा कार्यरत पोषण सहजकर्ता दर्गा कुमारी सिजापति बिष्ट, रेडियो नेपालका स्थानीय संवाददाता हिक्मत बहादुर नेपाली लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय