श्रावण २६. कमलबजार, अछाम ।
कमलबजार नगरपालिकामा KOICA/UNFPA तथा Good Neighbour International Nepal को आर्थिक तथा प्राविधिक सहयोगमा WAC Nepal द्वारा सञ्चालित SAFE Girls परियोजना अन्तर्गत ११ वटा विद्यालयका CSE शिक्षकहरूको समीक्षा बैठक आज कमलबजारमा सम्पन्न भएको छ ।
बैठकमा कमलबजार नगरपालिकाका ११ वटा विद्यालयबाट २१ जना CSE शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयमा सञ्चालन भइरहेका बृहत यौनिकता शिक्षा (CSE) सम्बन्धी गतिविधिहरूको प्रगति, उपलब्धि, सिकाइ, चुनौती तथा आगामी कार्ययोजनाका विषयमा समीक्षा तथा छलफल गरिएको थियो ।
कमलबजार नगरपालिका शिक्षा शाखा प्रमुख प्रेम साउदको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कमलबजार नगरपालिकाको शिक्षा शाखाका ऋषिकेश ढकालले गर्नुभएको थियो ।
कार्यक्रममा Good Neighbour International Nepal का प्रदेश संयोजक जगदीश दास र WAC Nepal SAFE Girls परियोजनाकी परियोजना अधिकृत दीपा बमले सहजीकरण गर्नुभएको थियो।
समीक्षा बैठकले विद्यालयमा CSE सम्बन्धी गतिविधिहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न शिक्षकहरूबीच अनुभव आदानप्रदान तथा आगामी दिनका लागि आवश्यक रणनीति निर्माण गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय