हिक्मत बहादुर नेपाली
कमलबजार, अछाम।
अछामको कमलबजार नगरपालिका–२, बजुडामा टोलस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। वडा स्तरीय खेलकुद विकास समितिको आयोजनामा आगामी २०८३ साल कात्तिक १९ गतेदेखि प्रतियोगिता सुरु हुने भएको हो।
स्थानीयस्तरमा खेलकुदको विकास गर्ने, युवाको सहभागिता अभिवृद्धि गर्ने तथा स्थानीय खेलाडीको प्रतिभा पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताले खेलाडीबीच स्वस्थ प्रतिस्पर्धा, आपसी सद्भाव र एकता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने खेलाडी वा टोलीलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। जसअनुसार प्रथम हुनेलाई २५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार रुपैयाँ, तृतीय हुनेलाई १० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्नेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था उल्लेख गरिएको छ।
पुरस्कारको व्यवस्थाले खेलाडीलाई प्रोत्साहन गर्नुका साथै स्थानीयस्तरमा भलिबल खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। प्रतियोगिताले गाउँ–टोलमा रहेका खेल प्रतिभालाई पहिचान गर्ने र खेलकुदका माध्यमबाट युवालाई सकारात्मक गतिविधिमा जोड्ने विश्वास लिइएको छ।
स्थानीयस्तरमा खेलकुद गतिविधिको प्रवर्द्धन, युवाको सहभागिता वृद्धि र खेलाडीको क्षमता विकासलाई प्राथमिकतामा राख्दै प्रतियोगिता आयोजना गर्न लागिएको हो। यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा खेलकुदको वातावरण निर्माण गर्न तथा स्थानीय प्रतिभालाई अवसर प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको खेल सञ्चालनसम्बन्धी अन्य विस्तृत विवरण आयोजकले पछि जानकारी गराउने जनाइएको छ। वडा स्तरीय खेलकुद विकास समितिको आयोजनामा हुने खेल कमलबजार नगरपालिका–२, बजुडा, अछाममा यहि मिति: २०८३ कात्तिक १९ गते देखि सुरु हुने आयोजक समितिका अध्यक्ष तेज बहादुर बिष्टले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

AI car modification · buy backlinks · dofollow backlink satın al · buy backlinks · acheter des backlinks de qualité · Linkbuilding Agentur · SEO, GEO, AEO, AIO and LLMO · Bedeutung von Backlinks für Google · winandoffice · aiswapface — Guide: Animal Face Swap · dofollow backlinks · link building service · link building service · dofollow backlinks · buy backlinks · hacklink satın al · Backlink report: read delivery, link checks and outcomes separately · hacklink · hacklink · hacklink panel satın al · jojobet · jojobet · jojobet · hacklink satın al · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · windows sunucu kirala