
कमलबजार ,मंसिर १६ । अछामको कमलबजारमा जारी प्रथम कमल रावत स्मृती कप क्रिकेट प्रतियोगिताको उपाधिका लागी मंगलसेन नगरपालिका र आयोजक कमल रावत स्मृती क्लब ए भिड्ने भएका छन । आज भएको पहिलो सेमिफाइनल खेलमा भिमपाईला स्पोर्ट क्लब ठाँटीखाँद गाउपालिका दैलेखलाई ६ विकेटले पराजित गर्दै मंगलसेन फाईनलमा प्रवेश गरेको हो भने आयोजक कमलबजार कालिका युवा संजाल बान्निगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिकालाई ५ विकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
पहिलो सेमिफाईनलमा टस हारेर पहिले ब्याटिङ गरेको दैलेखले निर्धारित १२ ओभरमा ७ विकेट गुमाएर ५७ रन बनाएको थियो । जवाफमा मंगलसेन नगरपालिकाले ८ ओभर २ बलमा ४ विकेट मात्र गुमाएर जित हासिल गरेको थियो । मंगलसेनलाई जिताउनका लागि उत्कृष्ट व्याटिङ्ग गर्दै लालु साहानीले २५ रनको पारी खेलेका थिए । दोस्रो सेमिफाईनलमा कमलबजारसँग पहीले ब्याटिँग गर्दै कालिकाले निर्धारित १२ ओभरमा ७ विकेट गुमाएर ६२ रन बनाएको थियो ।
जवाफमा कमलबजारले १० ओभरमा ५ विकेट गुमाएर जित हासिल गरेको थियो । कमबजारलाई जिताउनका लागी भरत जोशीले १८ रनको पारी खेलेका थिए । यसैबिच प्रतियोगितामा भिमपाईला स्पोर्ट क्लब ठाँटीखाँद गाउपालिका दैलेख तेस्रो भएको छ । तेस्रो स्थानका लागी भएको खेलमा कालिकालाई ८ विकेटले पराजित गर्दै दैलेख तेस्रो भएको हो । पहीले ब्याटिँग गर्दै कालिकाले सञ्जय केसिको ४२ रनको पारीले निर्धारित १० ओभरमा १ सय १ रनको बनाएको थियो जवाफमा दैलेखले अन्तिम ओभरमा मात्र २ विकेट गुुमाएर जित हासिल गरेको हो । दैलेखका लागी सुरज बोहराले उत्कृष्ट ५३ रनको नटआउट पारी खेल्दै जिताउन सफल भएका थिए । प्रतियोगिताको फाईनल खेल, पुुरुस्कार वितरण सहीत समापन समेत भोलि नै गरिने आयोजक कमिटीका धिरज रावतले जानकारी दिनु भयो ।