समापन कार्यक्रममा बिभिन्न वडाका अध्यक्षहरु,नेकपा एमालेका जिल्ला कमिटि सदस्य दिपक प्रसाद अधिकारी,नेपाली काँग्रेस कमलबजार नगरकार्य समितिका उप सभापति तक्मान बिस्ट,नेकपा माओबादीका खडक भण्डारी,नगरपालिका क्षेत्रभित्रका माबि बिद्यालयका प्रधानाध्पापकहरु,नगरपालिकाका विषयगत शाखाका प्रमुख एबम् प्रतिनिधि,रेडक्रसका प्रतिनिधि,खेलाडी लगाएतको सहभागीता रहेको थियो ।

हिक्मत नेपाली
कमलबजार, फाल्गुन २९ ।
कमलबजार नगरपालिका द्वारा आयोजना भएको मेयरकप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधि थ्रि स्टार युवा क्लब बलगाड कुपिन्डे नगरपालिका सल्यान को टिमले उचालेको छ । फाल्गुन २४ गते कमलबजारमा जारी प्रतियोगितामा द्वितीय स्थान गन्यापधुरा गाउपालिका डडेल्धुरा भएको छ । त्यस्तै आजै बिहान तृतीय स्थानका लागि भएको खेलमा बान्नीगढी गाँउपालिका अछामले जिते संगै बान्नीगढी गाँउपालिका अछाम तृतीय र सान्त्वना आठविस नगरपालिका दैलेख भएको छ ।
कमलबजार नगरपालिकाका का बा नगर प्रमुख भुमिसरण ढकाल बजगाईको अध्यक्षता भएको प्रतियोगिताको समापन कार्यक्रममा विजेता टिमलाई नगद पुरुष्कार, ट्रफि , मेडल , प्रमाणपत्र वितरण गरिएको थियोे । प्रतियोगितामा प्रथम टिमलाई नगद १ लाख ११ हजार १ सय ११ सहित कप,मेडल र प्रमाणपत्र प्रदान गरियो भने द्धितिय हुने टिमलाई ७१ हजार १ सय ११ सहित कप,मेडल र प्रमाणपत्र,तृतिय हुने टिमलाई ३१ हजार १ सय ११ सहित कप,मेडल र प्रमाणपत्र र सान्तवना ह टिमलाई ११ हजार १ सय ११ सहित कप,मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमका प्रमुख अतिथी अछाम क्षेत्र नं २ का प्रतिनिधि सभाका सांसद यज्ञ बहादुर बोगटीले खेल क्षेत्रको विकासका लागि राज्यले अझै लगानी गर्न आवश्यक रहेको बताउनु भयो ।समापन कार्यक्रममा बोल्दै कार्यबाहक नगरप्रमुख बजगाँईले खेलकुद क्षेत्रको विकासका लागी कमलबजार नगरपालिकाले निरन्तर रुपमा सहयोग गर्दै आएको बताउँदै आगामी दिनहरुमा पनि खेलकुदको विकासका लागी कमलबजार नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुुभयो ।


