निराजन भण्डारी माघ १७ अछाम । कमलबजार नगरपालिकामा हुन लागेको राष्ट्रपति रनिंग शिल्डका लागी खेलाडी छनोट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको नगरपालिकाकाले जनाएको छ ।
मङ्गलवार प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएसँगै भोलि बुधबारबाट राष्ट्रपति रनिंग शिल्डका लागी खेलाडी छनोट प्रतियोगिता सुरु हुने बताइएको छ ।
स्वास्थ्यको लागि खेलकुद राष्टको लागि खेलकुद भन्ने मुलनाराका साथ नगरपालिका अन्तर्गतका अन्तर माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिंग शिल्डका लागी खेलाडी छनोट प्रतियोगिता हुन लागेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ऋषि केश ढकालले जानकारी दिनुभयो ।
नगरपालिका स्तरका विद्यालयका विद्यार्थी बिच प्रतिस्पर्धाबाट उत्कृष्ट हुने खेलाडी जिल्ला स्तरीय प्रतियोगिता लागी छनोट हुने छन् भने जिल्लाबाट प्रदेश हुँदै राष्ट्रिय प्रतियोगताका लागी पनि उनीहरू छनोट हुने ढकालले बताउनुभएको छ।
दौड,भलिबल,कवर्डी,लङ्गजम्प,लगायतका खेल प्रतियोगीताका लागी खेलाडी छनोट गरिने नगरपालिकाले जनाएको छ । खेल प्रतियोगिता कमलबजारको एर्पोटमा भोलि बुधबार बिहान ११ बजे बाट सुरु हुने बताइएको छ ।
नगरपालिका अन्तर्गतका अन्तर माध्यामिक विद्यालयका खेलाडीलाई आफनो पहिचान झल्किने पोसाक सहित सहभागिता जनाउन अनुरोध समेत गरिएको छ ।
खेलकुद एक अनुुसानको प्रतीक भएकाले खेलाडीलाई खेलकुदको नीति नियम अनुसार अनुशासन सहित खेल प्रदर्शन गर्न नगरपालिकाले आग्रह पनि गरेको छ । Source Achham Online