सुबाश अधिकारी / चन्द्र भाट
कमलबजार, माघ २४ ।
कमलबजार नगरपालिका स्तरिय अन्तर माध्यामिक विद्यालय खेलकुद छनोट प्रतियोगिताको पदक तालिका सार्वजनिक गरीएकोछ । नगर स्तरिय खेलकुद बिकास समितीका अध्यक्ष धिरज बहादुर रावतले सो पदक तालिका सार्वजनिक गर्नु भएको हो । आईतबार सम्पन्न भएको छनोट प्रतियोगिताको पदक तालिका आज मंगलबार अध्यक्ष रावतले सार्वजनिक गर्नु भएको हो ।

नगरपालिका ११ वटा माध्याकि विद्यालयहरुको सहभागिता रहेको छनोट प्रतियोगितामा जाल्पादेवी माध्यामिक विद्यालय वडा नं. ८ ढाँकुले ६ स्वर्ण, ६ रजत र १ कास्य गरि कुल १३ पदक हात पार्न सफल भएको छ । जाल्पादेवि प्रर्थम भएको छ । ६ स्वर्ण, ५ रजत र १ कास्य गरि कुल १२ पदक जितेर विद्या प्रवोधनी माध्यामिक विद्यालय वडा नं. १० घोडासैन दृतिय भएको छ । यस्तै वडा नं. ६ बिरपथ स्थीत कालिका माध्यामिक विद्यालयले ४ स्वर्ण, १ रजत र २ कास्य गरि कुल ७ पदक जितेर तृतिय बन्न सफल भएको छ । चक्रेश्वरी माध्यामिक विद्यालय वडा नं. ९ मष्टावण्डाली चौंथो भएको छ । उसले ३ स्वर्ण, ० रजत र १ कास्य गरि कुल ४ पदक जितेको छ ।
२ स्वर्ण, ३ रजत र ३ कास्य गरी कुल ८ पदक सहित कात्यानी माध्यामिक विद्यालय वडा नं ६ बिरपथ पाँचौं, २ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल ६ पदक सहित मनकामना माध्यामिक विद्यालय वडा नं. ७ सेरा छैंटो भएको छ ।

कमलबजार नगरपालिका वडा नं १ मुलीको शिसु बोधनी माध्यामिक विद्यालय २ स्वर्ण, २ रजत र ० कास्य पदक प्राप्त गरी कुल ४ सातौं स्थान भएको छ । १ स्वर्ण, २ रजत र ६ कास्य गरि कुल ९ पदकका साथ वडा नं. ४ चाल्सा स्थित पशुपती माध्यामिक विद्यालय आठौं भएको छ । यस्तै नगरपालिकाको वडा नं. २ बजुडाको शिसु सुधार माध्यामिक विद्यालय १ स्वर्ण, २ रजत र २ कास्य गरि कुल ५ पदक प्राप्त गरि नवौं हुन सफल भएको हो । १० औं स्थानमा वडा नं ३ बयालाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय रहेको छ । उसले १ स्वर्ण, १ रजत र ५ कास्य गरि कुल ७ पदक प्राप्त गरेको छ । र ५ कुईकाको महाकाली माध्यामिक विद्यालय ११औं स्थानमा रहेको छ । महाकाली माध्यामिक विद्यालयले १ स्वर्ण, ० रजत र १ कास्य गरि कुल २ पदक मात्र प्राप्त गरेको छ ।

यसैबिच २०७९ माघ १८ देखि २२ गते सम्म संचालित नगरपालिका स्तरिय अन्तर माध्यामिक विद्यालय खेलकुद प्रतियोगितामा बिभिन्न बिधामा छनोट छात्र÷छात्रा खेलाडीहरुको नामावली पनि सार्वजनिक गरिएको छ । नगर स्तरिय खेलकुद बिकास समितीका अध्यक्ष धिरज बहादुर रावतका अनुसार भलिबल छात्र तर्फ बिभिन्न विद्यालय बाट १२ जना छनोट भएका छन् । यस्तै छात्र भलिबल तर्फ १३ जना गरिएका अध्यक्ष रावतले जानकारी दिनु भएको छ ।

यस्तै अर्को बिधा कब्बडी छात्रा तर्फ १४ जना छनोट भएका छन् । छात्र तर्फ भने कब्बडीमा ११ जना छानिएका छन् । १ सँय मिटर दौड छात्र तर्फ मुकेश शाही छनोट भएका छन् भने छात्रा तर्फ सारदा खड्का र सुमन शाही गरि २जना छनोट गरिएका रावतले जानकारी दिनुभयो ।
एकेन्द्र चलाउने छात्र तर्फ २ सँय मिटर दौडमा छनोट हुँदा छात्रा तर्फ भने जयन्ती चलाउने छानिएकी हुन् । ४ सँय मिटर दौड प्रतियोगिता लागी छात्रबाट सुबास बिष्ट छानिए भने छात्रा बाट २ जना मेनुका शाही र अम्बिका खड्का छनोट भएका छन् । ८ सँय मिटर दौडमा छात्र सुरेन्द्र खड्का छनोट हुँदा छात्रा तर्फ जयन्ती बजगाई, अनुष्का शाही र चेतना रावत गरि ३ जना छनोट भएका छन् ।
यस्तै १५ सँय मिटर दौडमा छात्र बाट महेन्द्र उखेडा र छात्रामा ललिता बजगाई छनोट भएका छन् । छात्र तर्फ ३ हजार मिटर दौड प्रतियोगितामा कृष्ण बडुवाल र छात्रा बाट डम्बरा रावत छानीएका छन् ।

१ सँय मिटर रिले दौड प्रतियोगिता छात्र र छात्रा तर्फ ४÷४ जना छनोट भएका छन् । यस्तै ४ सँय मिटर रिले दौड अन्र्तगत छात्र र छात्रा तर्फ पनि ४÷४ जना छानिएका छन् । यस्तै छात्र बाट हाईजम्पमा भरत बहादुर शाही र सुरत बिष्ट छनोट भएका छन् भने छात्रा बाट १ जना छनोट भएका हुन् । लङ्जम्पबाट छात्र तर्फ कमल बिक र छात्रा तर्फ शुमन शाही छानिएका छन् । चन्द्र उपाध्याय ट्रिपलजम्प अन्र्तगत छात्रबाट छनोट हुँदा छात्राबाट दिर्घकला साउद छनोट भएका छन् । ज्याभ्लीन थ्रोमा छात्रबाट मदन बिक र छात्राबाट देउकला बिष्ट छनोट भएका छन् । यस्तै सटफुटमा छात्रबाट कमल नेपाली र छात्राबाट पबित्रा शाही छानिएका छन् । नगर स्तरिय खेलकुद बिकास समितीका अध्यक्ष धिरज बहादुर रावतका अनुसार ८ सँय मिटर दौड र हाईजम्प खेलाडीको नाम पछि छनोट गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय