विज्ञान भण्डारी,काठमाडौं । केही समय अघि टिकटकमा निकै भाइरल भएको गीत ‘हैजिरा फूल्याको छैक्या’ सार्वजनिक हुने भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँतीले राष्ट्रिय नाचघर जमलमा शुक्रबार साँझ यो गीत सार्वजनिक गर्नेछन् । हैजिरा फैल्याको छैक्या बोलको गीतका टुक्काहरु केही समय अघि टिकटकमा निकै भाइरल भएका थिए । तर, यो गीतका टुक्कामात्रै सुन्न पाएका स्रोताले अब पुरा गीत हेर्न र सुन्न पाउने भएका हुन् ।

सुदूरपश्चिमको कलासंस्कृति र पर्यटन प्रवर्द्धनका लागि ‘हैजिरा फूल्याको छैक्या’ बोलको देउडा गीत बनेको हो । यो गीतमा सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लालाई समावेश गरिएको छ र त्यसबारे जानकारी दिइएको छ ।

यस देउडा गीतले सुदूरपश्चिमको कलासंस्कृतिलाई समेत उजागर गरेको छ । सुदुरपचिमको प्रदेशको प्रवेशद्वार चिसापानी कर्णाली पुल, कैलालीको घोडाघोडी ताल, त्रिवेणी धाम, कञ्चनपुरको वेदकोट ताल, अछामको रामारोसन, पञ्चदेवल, डडेलधुराको उग्रतारा मन्दिर र खप्तड क्षेत्रलगायत नौ वटै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुमा म्युजिक भिडियो छायाँकन गरिएको छ । साथै भारतको मुम्बईंमा पनि गीतको म्युजिक भिडियो छायाँकन गरिएको छ।                   

यो गीतका रचनाकार चिसापानी एड्भेन्चर रिर्सोटका सञ्चालक तपेन्द्र रावल हुन् भने चर्चित देउडा गायक चक्र बम, रेखा जोशीले यसमा स्वर दिएका छन् । साथै चर्चित बाल गायीका पूजा देवकोटा र रचनाकार तपेन्द्र रावलको समेत स्वर यस गीतमा रहेको छ । यस गीत को लागत जम्मा रु २६ लाख ८६ हजार रहेको गीतका रचनाकार तपेन्द्र रावलले जानकारि दिए।यो गीत ले सुदूरपश्चिमको पर्यटन बिकाशमा फाइदा पुराउने उन्को भनाइ छ ।

सुदूरपश्चिमको मौलिक भाषामा बनको यो गीतबाट उठेको रकमले विदेशी पर्यटकको समेत मन जित्न निकट भविष्यमा चिसापानी कर्णालीमा चारैतिर मुखाकृति भएको गौतमबुद्धको शालीक समेत स्थापना गर्ने योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय