काठमाडौं । लाओसलाई २-१ गोलको नतिजामा पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ ।

दशरथ रंगशालामा सम्पन्न अनौपचारिक फाइनल खेलमा नेपाललाई जित दिलाउन आयुष घलान र मनिष डाँगीले गोल गरे ।

खेलको १७औं मिनेटमा फौथाभोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । सोहि अग्रता बचाउन नसक्दा पहिलो हफमा लाओस बराबरीमा रोकिएको थियो ।

बोउनपाचाङले दिएको क्रस नेपालका मणी लामासँग डिफ्लेक्ट हुँदै फौथाभमेङको खुट्टाका बल पुगेको थियो । त्यहि, मुभमा नेपालका गोलकिपर किरण कुमार लिम्बुलाई बीट गर्र्दै उनले सुन्दर गोल गरेका थिए ।

नेपालका लागि आयुष घलानले २४ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको २४ औं मिनेटमा एरिक विष्टको क्रसमा आयूसले गोल गर्दै खेल बराबरी गरेका थिए ।

पहिलो हाफमा घरेलु टिममाथी केहि दबाब बनाएको लाओसले दोस्रो हाफमा गोल गर्ने अवसरहरु सृजना गर्न सकेन । खेलको ८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपालको जित २-१ ले सुनिश्चित गरे । उनले अञ्जन बिष्टले सेन्टर नजिकै बाट दिएको क्रसलाई उत्कृष्ट फिनिस गर्दै नेपाललाई उपाधि दिलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय