
हिक्मत नेपाली
कमलबजार, चैत्र २९ ।
कमलबजार नगरपालिका वडा नं १० स्थित बिद्याप्रवोधिनी मा वि मा आत्म सुरक्षा तालिम सञ्चालन भईरहेको छ । चैत्र २२ गते देखि सुरु भएको तालिम बैशाख १० गते सम्म सञ्चालन हुने वडा अध्यक्ष भिम बहादुर बिष्टले जानकारी दिनुभयो । वडाको बालबालिका लक्षित वजेट अन्तर्गत विनियोजित १ लाख ५० हजारको लागतमा सञ्चालन भएको तालिम २० दिन सम्म चल्ने वडा अध्यक्ष बिष्टले बताउनु भयो । कमलबजार नगरपालिका वडा नं १० को आयोजना भई रहेको तालिममा विद्या प्रबोधिनी माविमा अध्यनरत २ सय भन्दा बढी छात्र र छात्राको सहभागीता रहेको सो तालिमका प्रशिक्षक बि.एस ओडले जानकारी दिनुभयो ।
तालिममा विभिन्न आपत विपत आई पर्दा कसरी जोगीने र आत्म विश्वास कसरी बढाउने भन्ने विषयमा प्रशिक्षण भईरहेको प्रशिक्षक वडले बताउनु भयो । कमलबजार नगरपालिका वडा नं १०को आयोजना तथा नेपाल गोजुरियो कराते डु एसोसिएसन नेपालको अछाम शाखा र विद्याप्रबोधिनी माविको समन्वय तथा सहकार्यमा तालिम सञ्चालन भईरहेको छ ।
