रमिता बि क ।

बाल संञ्जालका पदाधिकारीहरुलाइ बालविवाह र बालश्रम न्यूनिकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम कमल बजारमा सम्पन्न  भएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा को आयोजना र आस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनलको प्राविधिक सहयोगमा बाल संजालका पदाधिकारीहरुलाइ बाल बिवाहा बालश्रम न्युनिकरण सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरको अध्यक्षतामा भएको कार्यक्रका बिशिष्ट अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट रहनु भएको थियो ।

पालिकाका सबै प्रतिनिधि बिभिन्न शाखाका शाखा प्रमखहरु सबै वडाका वडा अध्यक्षहरु रुडेक नेपालका सामाजिक सहजकर्ता तपेन्द्र बिष्ट बाल संञ्जालका पदाधिकारीको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा हेल्थ असिस्टेन्ट टेक बहादुर बिष्ट आस्था नेपालका दिल बहादुर शाही लव बहादुर कुँवरले गर्नुभएको थियो । कार्यक्रको संञ्चालन महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगानाले गर्नूभएको थियो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै उप प्रमुख बिष्टले बालविवाह न्युनिकरण गर्नका लागि नगर देखी वडा सम्म चेतनामुलक कार्यक्रम संचालन गर्ने , वडामा उमेर पुगेर विवाह गर्ने जोडीलाइ सम्मानका साथ स्वागत गर्ने बताउनु भएको छ ।

शिक्षको पहुच बाहिर रहेका बालवालिकाहरुलाई शिक्षाको को पहुँच सम्म र्पुयाउने , बाल हिंसा बाल श्रम हुनबाट बंञ्जित गराउनको लागि आफ्नो विशेष भुमिका रहने , असहाय अपांग बालबालिका हरुका लागि नगरबाट राहतको व्यवस्था गर्ने बताउनु भएको छ ।

कार्यक्रम मा समुदायमा बालबालिकाको अधिकारका बारेमा चेतना जगाउन एकान्त भावनामा जागृत गराउन , समूह संग प्रतक्ष छलफल गर्ने बाताबरण सृजना गर्न ,नेतृत्व र आत्मविश्वासको भावना बिकास गराई समुदायमा आफू निर्भर रहन , बालविवाह भनेको के हो बालविवाह गर्दा हुने बेफाइदा बालविवाह का असर ,बालबालिकालाई शिक्षा स्वास्थ उपचार खेलकुद मनोरंञ्जन जिबन उपयोगी सीप शुरक्षित जन्मदर्ता पाउने अधिकार लगायतका बिषयमा छलफल गरिएको थियोे  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय