रमिता बि क।
असार १६ गते । दलित समुदायको लोक जिबन झल्किने वृतचित्र निर्माणको लागि बृहत साँस्कृतिक कार्यक्रम कमलबजारमा शनिबार सम्पन्न भएको छ ।
कमलबजार दलित एकता समाजको आयोजना तथा कमलबजार नगरपालिकाको आर्थिक सहयोगमा दलित समुदायको लोक जिबन झल्किने वृतचित्र निर्माणको लागि बृहत साँस्कृतिक कार्यक्रम कमलबजारमा गरिएको हो ।
कमलबजार दलित एकता समाजका अध्यक्ष मिलन नेपालीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो ।
यस्तै बिशिष्ट अतिथिमा कमलबजार नगरपालिकाका उप प्रमुख शारदा कुमारी बिष्ट कुवँर प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट जिल्ला समन्वय समिति सदस्य पनार्थ बिश्वक्रर्मा रहनु भएको थियो ।
कमलबजार दलित एकता समाजका उपाध्यक्ष रन बहादुर टमट्टा सचिव हिक्मत बहादुर नेपाली सहसचिव गोबिन्द बिश्वकर्मा कोष अध्यक्ष गिता बि क लगायत कमलबजार दलित एकता समाजका सबै सदस्यहरु तथा कमलबजार नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिर्घा टमट्टा वडा नम्बर ९ का वडा अध्यक्ष कमल प्रसाद बजगाइ महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगाना विभिन्न राजनितिक दलका जनप्रतिनिधि विभिन्न बिद्यालयका शिक्षक प्रतिनिधि विभिन्न बिषयगत शाखाका शाखा प्रमुख अभिभावक हरु लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा प्रम्परागत संस्कृति झल्किने मौलिक स्थानीय उत्पादित सामाग्रि चर्चित हुडकेली नाच नेपाली समाजमा रहेका मौलिक बाजाकाजा हरु प्रर्दशन गरिएको थियो ।
यसैबिचकार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाले छुवाछुतको अन्त्य गर्न शिक्षमा बिषेश लगानी गनुपर्ने बताउदै दलित समुदायको हकहितका लागि नगर सरकार सधै साथमा रहने उद्धद्योष गनुभयो ।
यस्तै बिशिष्ट अतिथि कमलबजार नगरपालिकाका उपप्रमुख शारदा कुमारी बिष्ट कुवँरले एक देखि दशै वडा सम्म लोक सँस्कृति झल्किने खालका चेतना मुलक कार्यक्रमको आयोजन गर्नमा सबैले साथ सहयोग गर्ने बताउनु भएको थियो ।
यस्तै दलिका आधारभुत समस्यालाइ पहिचान गरि उनिहरुका समस्यालाइ पुरा गर्न आफुले बिषेश जोड दिने औँल्याउनु भयो । यस्तै दलित समुदायको लोक जिबन झल्किने वृतचित्र निर्माणको लागि बृहत साँस्कृतिक कार्यक्रमको संञ्चालन दलित एकता समाजका सचिव हिक्मत नेपालीले गर्नु भएको थियो ।
सोही कार्यक्रममा कनपा ४ चाल्साकी श्रिमान पिडित दुर्गा नेपालीलाई १० हजार आर्थीक सहयोग गरिएको छ । कमलबजार दलित एकता समाजको सक्रियतामा उक्त आर्थीक सहयोग गरिएको समाजका अध्यक्ष मिलन नेपालीले बताउनु भयो ।




