टेक बहादुर थापा
अछाम , श्रावण ८ ।
अछाम जिल्लामा पछिल्लो समयमा ‘ब्याडमिन्टन क्रेज’ बढ्दै गएको छ । १० /१५ बर्ष पहिले देखिनै अछाम जिल्लामा खेलीन थालेको यो खेलप्रति पछिल्लो समयमा युवाहरुको बढि चासो देखिएको छ । जिल्लामा यो खेलप्रतिको क्रेज बढेपनि पनि पर्याप्त पूर्वाधार अभावमा खेलाडीहरू खुला चौरमा ‘इन्डोर गेम’ खेल्न बाध्य छन । अछाम जिल्लाका विभिन्न ठाउमा ब्याडमिन्टन कोर्ट बनाईएपनी सुरक्षित भरपर्दो कोर्ट नहुदा खेलाडीहरुले आफुले चाहे अनुसारको खेल खेल्न नपाएको गुनासो गरेका छन । अछाम जिल्लाका १० वटा पालिका मध्य अधिकांश पालिकाहरुमा ब्यडमिन्टन खेल्ने खेलाडीहरु छन उहाहरुले आफ्नै लगानीमा भएपनी सानोतिनो ब्याडमिन्टन कोर्ट निर्माण गरेका छन तर यसका लागि हावाहुरी नचल्ने, घामपानी बाट जोगिएर खेल्ने खेल भएको हुदा राम्रो लगानी सहितको कोर्ट निर्माणमा कसैलेपनी पहल नगरेको अछामका खेलाडीहरुको गुनासो रहेको छ । साफेबगर र मंगलसेनमा सबैभन्दा बढि खेलीने यो खेलका लागि कुनैपनी स्थानीय सरकारले राम्रो ब्याडमिन्टन कोर्ट निर्माणका गर्न बजेट बिनियोजन नगरेको मंगलसेनमा लामो समय देखी ब्याडमिन्टन खेल खेल्दै आउनु भएका युवा हरिशचन्द्र रावलले गुनासो गर्नुभएको छ । मंगलसेनका अधिकांश सरकारी कार्यालयको आसपासमा कोर्टहरु त छन तर मापदण्ड अनुसारका नहुदा खेल्न समस्या भईरहेको बताउनुभयो । स्थानीय सरकारले आफ्नो सानो लगानी ब्याडमिन्टन खेल तर्फ लगाएर सहयोग गर्नुपर्ने रावलको माग छ । खेलाडीहरुले आफ्नै लगानीमा मंगलसेनका विभिन्न ठाउमा कोर्टहरु निर्माण गरेपनि त्यी कोर्टहरु दिगो नहुदा खेलाडीहरुले समस्या झेल्नुपरेको बताउनुभयो । सबैका लागि आवश्यक यो खेलको विकासका लागि सरोकारवालाले ध्यान दिनुपर्ने खेलाडी रावलको भनाई छ । यो खेलप्रति पछिल्लो समयमा बालबालिकादेखि ज्येष्ठ नागरिकमा क्रेज बढिरहेको छ । स्वास्थ्य तन्दुरुस्ती बढाउने भएकाले पछिल्लो समय ब्याडमिन्टन खेल्नेहरू बढिरहेको ब्याडमिन्टन खेलाडी दिपक खड्काले बताउनुभयो । ‘विश्वमै क्रेज बढिरहेकाले होला अछाम जिल्लामा पनि यसको क्रेज ह्वात्तै बढेको खड्काको भनाई छ । गाउँगाउँमा खेलाडी उत्पादन भइरहेका छन तर आवश्यकता अनुसारको ब्याडमिन्टन कोर्ट नहुदा समस्या सृजना भईरहेको खड्काले बताउनुभयो । यता मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले मंगलसेन नगरपालिकाले खेल क्षेत्रको विकासका लागि बर्षेनी बजेट विनियोजन गर्दै आएको बताउनुभएको छ । सबै किसीमका खेलहरु एकै ठाउमा खेलाउने उदेश्यका साथ मंगलसेन नगरपालिकाले ठुलो लगानीमा मंगलसेनमा बृहत खेलमैदान निर्माण गरिरहेकाले सम्भव भए त्यसैमा ब्याडमिन्टन खेलका लागि कोर्ट निर्माण गर्ने त्यहा सम्भव नभए अन्य सम्भावित क्षेत्रमा पनि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । हाल सम्म खेलाडीहरु आफु संग यस विषयमा छलफलका लागि नआएको र आएपछि ठोस निर्णयका लागि पहल गर्ने नगर प्रमुख बोहराको भनाई छ ।




