अछाम ,श्रावण १३ ।
जिल्ला खेलकुद महासंघ अछामले जिल्लाका १० वटै पालिकामा नगर स्तरिय कमीटी गठन कार्यलाई तिब्रता दिएको छ । खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकामा कमीटी गठन कार्यलाई तिब्रता दिईएको हो । यसै बिच आज श्रावण १३ गते शनिवार पञ्चदेवल बिनायक नगरपालिकामा अशोक शाहीको नेतृत्वमा १५ सदस्यीय कमिटी गठन गरिएको छ । पालिका स्तरिय कमिटीको उपाध्यक्षमा दिपेन्द्र बिक, सचिवमा दशरथ बिक ,सह सचिब चक्र माझी तथा कोषाध्यक्षमा निर्मला शाही चयन हुनु भएको छ ।
खेलकुद महासंघ अछामका अध्यक्ष धिरज रावतको अध्यक्षतामा भएको अधिवेशन का प्रमुख अतिथी प्रमुख अतिथी पार्टीका जिल्ला उपाध्यक्ष बल बहादुर कुवँर रहनु भएको थियो ।




