रमिता बि क ।
राष्टिय बाल दिवस २०८० तथा तिज बिषेश कार्यक्रमका लागि कमलबजारमा बृहत छलफल सम्पन्न भएको छ । कमलबजार नगरपलिकाको आयोजनामा राष्टिय बाल दिवस २०८० तथा तिज बिषेश कार्यक्रमका लागि कमलबजारमा बृहत छलफल गरिएको हो ।
कमलबजार नगरपालिका उपप्रमुख तथा बाल अधिकार समिति संयोजक शारदा कुमारी बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो ।
उक्त भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खड्क बहादुर बिष्ट, स्वाथ्य शाखा प्रमुख चक्र बहादुर बिष्ट , सबै वडाका वडा अध्यक्षहरु , महिला तथा बालवालिका शाखा प्रमुख डम्बर ढुंगाना , उजुरी प्रशासक शाखाबाट पबित्रा भण्डारी , मनोसामाजिक परामर्श शाखाबाट कल्पना देबकोटा , कमलबजार नगरपलिका स्तारीय महिला संजालका अध्यक्ष मोतिसरा भण्डारी , नगरपलिका स्तारीय महिला संजालमा आबद्ध सम्पुर्ण महिलाहरु , नगर स्तरीय बाल संजालका अध्यक्ष भरत खड्का , बाल संजालका सम्पुर्ण पदाधिकारीहरु , संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
यस्तै प्रतेक बर्ष भाद्र २९ गते मनाईने राष्टिय बाल दिवस २०८० को अवसरमा यस बर्ष पनि भाद्र २९ गतेका दिन नगरपालिकाका ११ वटा माध्यामिक विद्यालयबाट विद्यालय स्तरीय नृत्य प्रतियोगिता गराउने ,उक्त कार्यक्रममा १० जना बालवालिकाको अभिभावकलाई सम्मान गर्ने, निर्णय गरिएको छ ।
यस्तै कमलबजार नगरपालिका स्तरीय महिला संजालका अध्यक्ष मोतिसरा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तिज बिषेशको अवसरमा शुभकामना आर्दान प्रदान तथा नृत्य प्रतियोगिता कार्यक्रम गर्ने ,सल्लाहाकार समिति गठन गर्ने , मासिक बचत र बैठक गर्ने , निर्णय गरिएको छ ।
यो बर्ष प्रतेक वडामा पनि असोज १ गते अगाबै तिज बिशेष कार्यक्रम सम्पन्न गरि सक्नु पर्ने , भाद्र ३१ गते नगरपालिकामा नगरका १० वटै वडाका १० वडा टिम र १ टिम बजारको गरि ११ वटा टिमको सहभागिता रहने भएको छ । सोहि कार्यक्रममा २० ७९ /८० मा बिस बर्ष पुगेर बिवाह गरेका बिवाहित जोडिलाई सम्मान गर्ने निर्णय गरिएको छ ।
यसैबिच नगर उप प्रमुख शारदा कुमारी बिष्टको संयोजकत्वमा ३ सदस्यीय सल्लाकार समिति गठन गरिएको छ । जस्को संयोजकमा नगर उप प्रमुख शारदा कुमारी बिष्ट ,सदस्य महिला तथा बालवालिका शाखा प्रमुख डम्बर ढुंगाना , उजुरी प्रशासक शाखाबाट पबित्रा भण्डारी रहनु भएको छ ।




