रमिता बि क ।
असोज २६ गते : कमलबजार उद्योग वाणिज्य संघको प्रथम साधारण सभा तथा अधिवेशन २०८० कमलबजारमा शुक्रवार सम्पन्न भएको छ । कमलबजार उद्योग वाणिज्य संघ कमलबजार अछामका तसर्थ समिति अध्यक्ष कृष्ण प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो ।
यस्तै उक्त कार्यक्रममा कमलबजार नगरपालिकाका प्रबक्ता एवम वडा नम्बर ५ वडा अध्यक्ष सत्यराज तिमिल्सैना सबै वडाका वडा अध्यक्षहरु निर्वतमान उप प्रमुख भुमिसरण ढकाल बजगाई , प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट , बजार प्रवद्र्धन समितिका अध्यक्ष कासिराम बजगाई, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु , सम्पुर्ण राननितीक दलका प्रतिनिधिहरु , कमलबजार का सम्पुर्ण व्यापारीहरु , सुरक्षकर्मी , सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
अध्यक्षको आसनबाट बोल्दै कमलबजार उद्योग वाणिज्य संघ कमलबजार अछामका तसर्थ समिति अध्यक्ष कृष्ण प्रसाद ढकालले नवनिर्मित सुविधा सम्पन्न भवनमा आधुनिक प्रविधिको प्रयोग गरि दक्ष जनशक्ति द्धारा नियमित प्रभावकारी सेवा प्रवाह गर्ने, जिल्लाको कला संस्कृतिको जगेर्ना गर्दै सम्भाव्य पर्यटकिय क्षेत्रको खोज तथा पहिचान गर्नुपर्ने बताउनु भयो।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख यज्ञ प्रसाद ढकालले अबको स्थानीय निकायमा नीजि साझेदारीको अवधारणालाई अगाडी ल्याउनु पर्ने , अर्थतन्त्र र राजनीतिलाई समानन्तर रुपमा लैजान, आर्थिक श्रोतको पहिचान गरी त्यसलाई निरन्तरता दिनु आजको आवश्यकता भएको ढकालको भनाई थियो ।
सेहि प्रथम सधारण सभामा बोल्दै कमलबजार नगरपालिकाका प्रभक्ता एवम वडा नम्बर ५ वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले पर्यटन प्रवद्र्धन् र संरक्षण सम्बद्र्धन लागएतका कार्यहरु आगामी दिनमा सञ्चालन गर्ने कार्ययोजना बनाउनुपर्ने बताउदै बिना लाइसेन्स मदिराको व्यावसाय गर्दै आएकाहरुले जथाभावी मदिरा बिक्रि बितरणमा रोक लगाउनु पर्ने सुझाव दिनुभएको थियो ।
साधारण सभा तथा अधिवेशनमा व्यवसायीहरुले आफ्ना व्यवसाय सञ्चालन गर्न अत्यन्त कठिन परिस्थितीको सामना गर्नुपरेको ,उत्पादित वस्तुको बजारीकरणका लागि राम्रो सम्भावना भए पनि कृषि वस्तु तथा उत्पादनको सुनिश्चित बजार नभएको हुदाँ आफु दुखि भएको ,व्यापारीहरुले बताएका थिए ।
यस्तै आज भएको अधिवेशन बाट कृष्ण प्रसाद ढकालको अध्यक्षतामा १८ सदस्यि नयाँ कार्यसमिती सर्वसम्मत चयन भएको छ । उपाध्यक्षमा उद्योग तर्फ चन्द्र भण्डारी र बाणिज्य तर्फ निर्मला रावल , कोषाध्यक्षमा लोक बहादुर रावत चयन हुनु भएको छ ।





