हिक्मत बहादुर नेपाली
अछाम कार्तिक २५ ।
नगर स्तरीय वृहत्त यौनिकता शिक्षा प्राविधिक कार्य समुहको बैठक आज मंगलबार कमलबजार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । समुहका संयोजक एवं कमलबजार नगरपालिका वडा नं ६ का वडा अध्यक्ष लाल बहादुर शाहको अध्यक्षतामामा भएको बैठकका प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो । यस्तै कार्यक्रमको विशिष्ट अतिथी पालिकाका नगर उपप्रमुख शारदा बिष्ट कुँवर रहनु भएको थियो । कार्यक्रममा कमलबजार नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैना पालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाही विभिन्न शाखाका प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक, पत्रकार युएनएफपिएका कार्यक्रम संयोजक भरत गोतामे किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोग वातावरण (सेफ गल) का कार्यक्रम अधिकृत दिपा बम Good neighbor international SAFE Girls project का provincial coordinator जगदिस दास लगायत विभिन्न सरोकारवालाको उपस्थिती रहेको थियो । कार्यक्रम Koica ,UNFPA र good Neighbor international काे आर्थिक सहयोग WAC Nepal Achham अछाम द्धारा सन्चालित SAFE Girls परियोजना अन्तर्गत बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा युएनएफपिएका अछाम डोटी कार्यक्रम संयोजक भरत गोताम, वाक नेपाल कार्यक्रम संयोजक निराजन चौधरी र Good neighbor international SAFE Girls project का provincial coordinator जगदिस दासले बृहत यौनिकता शिक्षा र हाल सम्म गरिएका पहल र वर्तमान अवस्थाका विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो । बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । वृहत्त यौनिकता शिक्षा स्थानीय पाठ्यक्रममा समेटनका लागी सहयोगी संस्था युएनएफपिए कोइका लगायत संग सहयोग माग गर्ने संगैं पालिकाले आवश्यक आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ । वृहत यौनिकता शिक्षा सूचना केन्द्र लाई पालिका भित्रका थप दुई विद्यालयमा विस्तार गर्ने निर्णय गरिएको छ । जाल्पा देवी मावि ढाँकु र विद्याप्रबोधिनी मावि घोडासैनमा विस्तार गर्न लागीएको हो । यस अघि चक्रेश्वरी मावि घेगड र कालिका मावि विरपथमा सो कार्यक्रममा लागु छ । यौनिकता शिक्षा लागु गरिने सूचना केन्द लाई आवश्यक सहयोग गरिने तथा संयन्त्र निमार्ण गरि अनुगमन गरिने र रुपान्तरण कक्षा लाई थप विस्तार गरिने नगर स्तरीय वृहत्त यौनिकता शिक्षा प्राविधिक कार्य समुहका सदस्य सचिव तथा पालिकाका शिक्षा शाखा प्रमुख ऋषिकेश ढकालले जानकारी दिनुभयो । बैठकको सञ्चालन पालिकाका प्रशासन तथा योजना शाखा प्रमुख अधिकृत सातौं खड्ग बहादुर बिष्टले गर्नु भएको थियो ।







