टंक प्रसाद रिमाल
अछाम ,कार्तिक २९ ।
मानव अधिकार तथा शान्ति समाज अछामको २१औ बार्षिक साधारणसभा मंगलसेनमा सम्पन्न भएको छ । नागरिक आकांक्षा,नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता भन्ने मूल नाराका साथ सम्पन्न भएको साधारण सभाको उद्घाटन केन्द्रिय महासचिव एवम प्रमुख वक्ता प्रकाश शाहीले गर्नु भएको थियो ।शान्ति, अहिंसा, लोकतन्त्र र मानव अधिकारको प्रतीकका रुपमा चारवटा मैनबत्ती प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
साधारणसभाका प्रमुख वक्ता शाहीले – देशको बर्तमान परिवेशलाई लक्षित गर्दै संबैधानिक आकांक्षाहरु परिपुर्ति नहुदा देशको नागरिकमा चरम निराशा र आक्रोश देखि राखेको अवस्थामा राजनैतिक दल र देशको नेतृत्वहरु जिम्मेवार बन्न आफुहरुले बारम्बार आग्रह गर्दै आएको तर उहाहरुले नागरिक स्तरबाट उठाएको कुराको अबमुल्याङकन गर्दा भाद्र महिनामा अकल्पनीय घटना हुन पुगेको बताउनु भयो। यसको साथै भाद्र २३ र २४ गते जेनजी आन्दोलन घटनाका मुख्य दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउनु पर्ने कुरामा जोड दिनु भयो। फेरि पनि अन्यऔल को अवस्थामा रहेको देशलाइ सबै पक्ष मिलेर निकास दिन आग्रह गर्नु भयो।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्ब केन्द्रिय सचिब मदन कुवर , षोडशा मा बि का प्रधानाध्यापक बृकेश सिह बोगटी, बद्री प्रसाद रिमाल लगायत अतिथिहरुले आ-आफ्नो धारणा राख्नुभएको थियो । संस्थाका सभापति जय बहादुर बोगटीको सभाध्यक्षतामा भएको कार्यक्रममा सभापति बाट संस्थाको बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरिएको थियो भने सचिव डम्बर बहादुर बोगटीले बार्षिक साधारणसभाको सहजीकरण गर्नुभएको थियो ।





