टेक बहादुर थापा

अछाम मंसिर १६ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम समुदाय स्तरमा प्रभावकारी हुदै गएको एक कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन । यो कार्यक्रमले वैदेशीक रोजगारमा जाने युवा तथा घरपरिवारमा सचेतना फैलाउदै परिवारका सदस्यहरुका विचमा विश्वाशको वातावरण सृजना गर्ने काम समेत गरेको सरोकारवालाको भनाई थियो । मंगलसेन नगरापलिकामा रहेका १४ वटै वडामा गत वर्ष देखी यो कार्यक्रम लागु भएको र यो परियोजना मार्फत वैदेशीक रोजगारीमा जादा ध्यान दिनुपर्ने कुरा, अपनाउनुपर्ने सावधानी, सिक्नुपर्ने सीपका बारेमा जानकारी गराउने तथा विदेश बाट आएको रकम कहा कसरी खर्च गर्ने भन्ने विषयमा समेत जानकारी गराउने गरेको सरोकारवालाको भनाई छ ।
यो कार्यक्रम मार्फत गाउँघरमा वैदेशीक रोजगार बाट फर्किएका युवाहरुको पचिहान गर्दै उनीहरुलाई पनि विदेशमा सिकेको सीप यही ठाउमा कसरी उत्पादनमा जोड्न सकिन्छ भन्ने ज्ञान समेत दिने गरेको मंगलसेन नगरपालिका रोजगार संयोजक कृष्ण बहादुर सोडारीले जानकारी दिनुभएको छ । पछिल्लो समयमा वैदेशीक रोजगारमा गएका घरपरिवारका सदस्यहरु विभिन्न किसिमका समस्याहरु देखीने गरेका त्यी समस्या आउन नदिन अपनाउनुपर्ने सावधानी र विश्वाशको वातावरण सृजना गर्ने काम पनी भईरहेको संयोजक सोडारीको भनाई छ ।
मंगलसेन नगरपालिकाले मंगलबार आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारी सम्बन्धमा पत्रकार संगका अन्तरक्रिया कार्यक्रममा सहभागि पत्ररकाहरुले यो कार्यक्रमलाई समुदाय स्तरमा अझ बढी प्रभावकारी ढंगले लैजान आवश्य रहेकोमा जोड दिएका थिए । मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा अछाम जिल्लामा वैदेशीक रोजगारीको अवस्था, देखा परेका समस्या र आगामी दिनमा गर्नुपर्ने कामहरुको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पदम बहादुर बोहराले युवाहरुलाई यही ठाउमा केही गर्नुपर्छ भन्ने भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । आज युवाहरु विदेशमा जाने फेसनको रुपमा देखा पर्न थालेकोमा चिन्ता व्यक्तगर्दै नगर प्रमुख बोहराले यस्तो लर्को रहने हो भने गाउँहरु सबै खालीहुदै जाने बताउनुभयो । सीप सबैभन्दा महत्वपूर्ण कुरा भएकाले सीप भएको मान्छेलाई सबैले सम्मान गर्ने गरेको उहाको भनाई छ । युवाहरु उत्पादनमा जोडीनु भन्दा पनि विदेश गएपछी पैसाको रुख हुन्छ भन्ने सोच राखेर जादा विदेशमा पनि दुख पाउने गरेको नगर प्रमुख बोहराको भनाई छ ।
मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले अछाम जिल्ला उर्वर भूमी भएपनी यहाका नागरिकहरु खुर्सानीपनी किनेर खाने गरेको भन्दै यो लाजमर्दो कुरा भएको बताउनुभयो । खुर्सानी घरको आगन, रछ्यानो र गमलामा पनि फलाउन सकिने भन्दै यस्ता साना कुरामा पनि हामी परनिर्भर हुने गरेको बताउनुभयो । हामीले मेहनत गरेको खण्डमा यही ठाउमा रोजगारी सृजना गर्न सकिने भएकाले जागर लगाएर मेहनत गर्न सुझाव दिनुभएको छ ।
मंगलसेन नगरपालिका वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीले गफ गर्ने तर काम नगर्ने हाम्रो परिपाटीले आज हामी स साना कुरामा पनि अर्काकै भरपर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । गाउँमा जग्गाहरु बाझो छन हामी चियापसलमा उदारो गफ गरेर बस्छौ, भन्छौ रोजगारी भएन, यस्तो आनीबानीले हाम्रो गरिबीको अन्त्य नहुने भन्दै अध्यक्ष बोगटीले यही माटोमा पसिना बगाउन आग्रह गर्नुभएको छ ।
सोही अवसरमा आप्रवासी स्रोतकेन्द्र परामर्शकर्ता सुजाता लामाले जिल्ला प्रशासन कार्यालय अछाममा वैदेशीक रोजगारका लागी आउने सेवाग्राहीको विवरण पेश प्रस्तुत गर्नुभएको थियो । उहाले बैशाख देखी कात्तिक मसान्त सम्म मात्र ८ सय ७२ जनाले राहदानी बनाएको, सेवाग्राही आएको जानकारी गराउनुभएको थियो । आफ्नो शाखामा २०८२ साल बैशाख २ गते देखी कात्तिक मसान्त सम्म ९ सय ९४ जनाले परामर्श सेवा लिएको बताउनुभयो । जस अन्तरर्गत पुरुष ६ सय ८४ जना र महिला २ सय ४० जना रहेका छन ।
सोही कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता रमिता ढुंगानाले पालिकामा रहेका विभिन्न वडाका सेवाग्राहीलाई दिएको सेवाको विवरणका बारेमा जानकारी गराउनु भएको थियो । नगरभरी ९ जना मनो सामाजिक समस्या भएका व्यक्तिहरु भएपनी एकजना पुरुष र एकजना महिलालाई सेवा दिएको बताउनुभयो । सेवाग्राहीको अनुमति लिएर मात्रै आफुले मनोसामाजिक सेवा दिने गरेको ढुंगानाको भनाई छ । अछाम जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको कार्यक्रमको सहजिकरण सामी कार्यक्रमका कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन मंगलसेन नगरपालिकाका रोजगार संयोजक कृष्ण बहादुर सोडारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय