भ्रष्टाचार विरुद्धको अन्र्तराष्ट्रिय दिवस अछाम जिल्लामा पनि मनाईएको छ । मानव अधिकार तथा शान्ती समाज अछामले मंगलसेनमा ¥याली सहित बजार परिक्रमा गरेको छ । भ्रष्ट पात्र र प्रवृतिलाई ईतिहासले खारेज गरिसक्यो, दण्डीत गर्नु शुसानको माग हो, भ्रष्ट शिर्ष नेतालाई कार्बाही खोइ, नयाँ सरकारपनी पुरानै मार्गमा अग्रसर किन ? सुशासनका लागि आर्थिक दण्डहीनता अन्त्य गर जस्ता नारा लेखिएका प्लेकार्ड सहित सरोकारवालाको टोली बजार परिक्रमा गरेको थियो ।
पछिल्लो सममाय मुलुकमा भईरहेका जतीपनी घट्नाहरु छन त्यी सबै भ्रष्टाचारकै कारणले भएको भन्दै यसको अन्त्यका लागि हरेक सचेत नागरिकले आवाज उठाउनुपर्नेमा सरोकारवालाले जोड दिएका थिए । जब सम्म नागरिकहरु सचेत हुदैनन तबसम्म भ्रष्टाचारको अन्त्य हुन नसक्ने भएकाले समुदायमा हुने हरेक गतिविधिको सचेत भएर निगरानी गर्न आवश्यक रहेको बताउनु भयो । मानव अधिकार तथा शान्ती समाज अछामका अध्यक्ष जय बहादुर बोगटीले अब हरेक क्षेत्र बाट भ्रष्टाचारका विरुद्ध आवाज उठाउन आवश्यक रहेको बताउनुभएको छ । नागरिकको कमजोरीकै कारण अहिलेको अवस्था आएकाले अबपनी हामीले खबदारी गर्ने होइन भने मुलुक झन संकट पर्ने अध्यक्ष बोगटीको भनाई छ । यो कार्यक्रमको प्रमुख उदेश्य भनेकै भ्रष्टाचारको अन्त्य गर्नु रहेको अध्यक्ष बोगटीले बताउनुभयो । मंशिर २४ गते बुधबार पनि मानवअधिकार तथा शान्ती समाज अछामले मंगलसेनका विशेष कार्यक्रमको आयोजना गरेको अध्यक्ष बोगटीले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय