हिक्मत बहादुर नेपाली
कमलबजार, माघ ०८ ।
कमलबजार नगरपालिका १ नं वडा कार्यालय मुली अछामको सार्वजनिक सुनुवाइ तथा अर्ध बार्षिक समिक्षा कार्यक्रम माघ ११ गते हुने भएको छ ।
आर्थिक बर्ष २०८१/८२ सार्वजनिक सुनुवाइ तथा आर्थिक बर्ष २०८२/८३ को अर्ध बार्षिक प्रगति समिक्षा कार्यक्रम हुन लागेको वडा सचिव नेत्र बहादुर बिष्टले कमलबजार मिडिया प्रालि द्वारा सञ्चालित रेडियो केबिएम एफएम ७९.९ मेगाहर्ज र कमलबजार दैनिक डटकम लाई जानकारी दिनुभयो । वडा कार्यालयको प्राङ्गणमा हुने उक्त कार्यक्रममा वडा स्थित सरोकारवाला सबैको उपस्थितिका लागि वडा अध्यक्ष भक्त बहादुर बोहराले अनुरोध गर्नुभएको छ ।
थप विस्तृतमा यो सूचना हेर्नुहोस ।




