राजेन्द्र बिक
अछाम माघ २२ । पन्चदेवल बिनायक नगरपालिकामा राष्ट्रपति रनिंग शिल्डका लागी खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । नगरपालिका स्तरीय अन्तर माध्यामिक विद्यालयका खेलाडी बिच विभिन्न विधामा प्रतिस्पर्धाको माध्यामबाट खेलाडी छनोट गर्ने कार्य सुरु भएको हो । नगरपालिका स्तरका विद्यालयका विद्यार्थी बिच प्रतिस्पर्धाबाट उत्कृष्ट हुने खेलाडी जिल्ला स्तरीय प्रतियोगिता लागी छनोट हुने छन् । ‌दौड ,भलिबल,कवर्डी,लङ्गजम्प, हाइजम सट फुट ,भाला लगायतका खेल प्रतियोगीताका लागी खेलाडी छनोट गरिने कार्य सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पन्चदेवल बिनायक नगरपालिकाका प्रमुख अम्बिका कुमारी चलाउने ले राष्ट्र र स्वास्थ्यका लागि खेलकुद महत्त्वपूर्ण भएको बताउँर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफनो पहिचान झल्काउन खेलाडी सक्रिय बन्न आवश्यक रहेको बताउनुभएको छ । खेलाडी नै राष्ट्रका गहना भएको उल्लेख गर्दै प्रमुख चलाउने ले अनुशासित भएर खेल प्रदर्शन गर्न पनि आग्रह गर्नुभयो ।खेलाडीको सुनौलो भविष्य निर्माण गर्न नगर सरकारले खेल क्षेत्रमा प्रयाप्त मात्रामा बजेटको व्यवस्थापन गर्ने प्रमुख चलाउनेले प्रतिबद्धता जनाउनुभयो । यस्तै पन्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख हर्क बहादुर रावलले खेल क्षेत्रको विकासका लागि नगरपालिकाको तर्फबाट बजेटको अभाव हुन नदिने बताउनुभएको छ  । नगरपालिका अन्तर्गतको अन्तर माध्यामिक विद्यालय स्तरीय रनिंग शिल्डका लागी खेलाडी छनोट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख रावलले अनुशासित भएर खेल प्रदर्शन गर्न खेलाडीलाई सुझाव दिर्दै हरेक खेलको संरक्षण गर्न नगर सरकार प्रतिबद्ध रहने प्रतिबद्धता समेत जनाउनुभयो । प्रतियोगितामा नगरपालिकामा ‌९ वटै वडाका १२ वटा माध्यामिक विद्यालयहरूको सहभागिता रहेको छ ।खेलाडी छनोट प्रतियोगिताको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य,वडा अध्यक्ष ,१२ वटै माध्यामिक विद्यालयका प्रमुख एवम प्रतिनिध विभिन्न पार्टीका प्रमुख एवम प्रतिनिधि १२ वटै विद्यालयका खेलाडी सरोकारवाला,पत्रकार लगायतको सहभागिता रहेको थियो ! खेल माघ २४ गते सम्म सन्चालन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय