कमलबजार फाल्गुन ०५
कमलबजार नगर स्तरीय खेलकुद विकास समितीले छनोट खेलाडीका लागी क्याम्पियन गर्ने भएको छ । राष्ट्रपती रनिङ सिल्ड प्रतियोगीताको जिल्ला स्तरीय खेलकुद प्रतियोगीताका लागी यस अघि छनोट भएका ९२ खेलाडी मध्ये बाट आवश्यक ६२ जना छनोटका लागी क्याम्पियन गर्न लागीएको कमलबजार नगर स्तरीय खेलकुद विकासका सचिब प्रेम बहादु बोहराले जानकारी दिनु भयो ।
एक सय मिटर दौडका २ जना, ८ सय मिटरका तिन जना , भलिवल छात्र तथा छात्रा तर्फ छनोट भएकाहरुका लागी क्याम्पीयन गरी छनोट गर्न लागीएको हो । सो खेलमा भाग लिई यस अघि छनोट भएका खेलाडीले फाल्गुन ७ गते विहान १० बजे भित्र कमलबजारमा हुने उक्त क्याम्पीयनमा खेलाडी लाई सहभागी भई दिन कमलबजार नगर स्तरीय खेलकुद विकास समितीले आग्रह गरेको छ ।
ADVERTISEMENT




