त्रिवि क्रिकेट मैदानमा केहिबेर अगाडी सुरू भएको खेलमा पीएनजीका कप्तान आसाद भालालेटस जितेर फिल्डिङ रोजेका थिए ।
लिग टुको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेल्न युएई भ्रमण गएको नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो। अव स्वदेशी भूमिमा हुने अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज क्लिन स्वीप पार्दै सिधै विश्वकप छनोटमा स्थान बनाउने लक्ष्य बोकेको छ।
नेपालले काठमाडौंमा हुने सिरिजका सबै चार खेल जितेमा आगमी जुन-जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सिधै खेल्न पाउनेछ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ। लिग-२ का शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउँछन्। स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन्।
अब नेपालले सबै खेल जितेमा ४० अंक हुनेछ। उक्त अंक शीर्ष तीनमा पुग्न पर्याप्त रहनेछ। यदि कुनै पनि खेलमा पराजित भएको खण्डमा भने नेपालले प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ। सोझै ओडिआई मान्यता जोगाउन नेपालले चार मध्ये दुई खेल जित्नुपर्ने हुन्छ।
नेपालले आगामी फागुन २८ मा युएईसँग दोस्रो र फागुन २९ मा पपुवान्युगिनीसँग तेस्रो र चैत २ मा युएईसँग विश्वकप लिग टुको अन्तिम खेल खेल्नेछ।




