रमिता बि क ।
कमलबजार नगरपालिकामा निबन्ध प्रतियोगिता हुने भएको छ ।
कमलबजार यूथ नेटवर्क कमलबजारको आयोजनामा श्रीकृष्ण जन्माष्टमी तथा मानब बेचविखन बिरुद्धको अन्तष्ट्रिय दिवसको अवसरमा कमलबजारमा निबन्ध प्रतियोगिता हुने भएको हो ।
निबन्ध प्रतियोगिता यहि भाद्र २० गते पुरानो चौकीको प्रंगणमा गरिने भएको छ । निबन्धको शिर्षक रहेको छ ,म कमलबजार नगरपालिकाको नगर प्रमुख वा उप प्रमुख भएभने ।
निबन्ध प्रतियोगितामा विद्यार्थी हस्तकला पहिचान र मट्का फुटाउने कार्यक्रम रहने भएको छ । प्रतियोगिमा भागलिने विद्यार्थी सोही नगरपालिकाको बासिन्दा हुनुपर्ने , कक्षा ९ देखि १२ कक्षा सम्मन अध्ययन गर्दै गरेको , एउटा विद्यालयबाट २ जना सहभागी हुनपाउने भएका छन् ।
कमलबजारभित्रका विद्यालयमा कक्षा ८,९ र १० मा अध्ययन गरिरहेका विद्यार्थीहरु पनि सहभागी हुन पाउने भएका छन् । स्थानीय सामाग्रीको प्रयोग गरि विद्यार्थीहरुले स्वविवेक प्रयोग गर्न सक्नेभएका छन ।
उत्त प्रतियोगितामा भागलिने विद्यार्थीले भाद्र १५ र १६ गते सम्म सहभागि भइ सक्नुपर्ने भएको छ । अझै मौलिक शैलीमा लेखिएको निबन्धलाई बिषेश प्राथमित्ता दिइने भनिएको छ ।
निबन्धकले आप्ःनो नाम ठेगाना अध्ययन गर्दैगरेको विद्यालयको नाम सम्पर्क नम्बर निबन्ध लेखिएको पेजलाइ स्क्यानगरि ह्वाट्स्यप नम्बर ९८६९९०३१०६ अथवा [email protected] मा पठाउन आग्रह गरिएको छ । यस्तै उत्कृष्ट स्थान हाशिल प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कारको व्यावस्था गरिएको छ ।





