
टि.बि.भण्डारी कमलबजार फाल्गुन १३
कमलबजार नगरपालिकाको आयोजनामा प्रादेशिक भलिबल रेफ्रि कोष तालिम यहि मिती २०७७।१२।०२ देखि २०७७।१२।८ सम्म सञ्चालन हुने भएको छ । नेपाल भलिबल संघ को स्विकुतीमा कमलबजार नगरपालिका नगर स्तरिय खेलकुद बिकास समिती को आयोजना प्रादेशिक भलिबल रेफ्रि कोष तालिममा अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रशिक्षकहरुले प्रशिक्षण दिने सो प्रशिक्षणले अछाममा सञ्चालन हुने प्रतियोगितामा बाहिर बाट रेफ्री ल्यायर कार्यक्रम सञ्चालन गर्ने बाध्यता हटने नगर स्तरिय खेलकुद बिकास समितीका अध्यक्ष धिरज रावत ले बताउनु भयो ।
रजिष्टेशन शुल्क ६००० रहेको र कोभिड–१९ को स्वास्थ्य मापदण्ड पालना गर्ने गरि सञ्चालन हुने सो प्रादेशिक भलिबल रेफ्रि कोष तालिममा बढिमा ५० जना लाई प्रशिक्षण दिने कार्यक्रम रहेको सो कार्यक्रम सफल पार्न सम्पुर्ण खेलप्रेमीहरुमा कमलबजार नगरपालिका नगर स्तरिय खेलकुद बिकास समिती अनुरोध रहेको अध्यक्ष रावत ले बताउनु भयो ।