
काठमाडौं । गायिका अञ्जु पन्तले विवाह गरेकी छिन् । उनले बुधबार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् ।
गायिका अञ्जुले विवाहमा लगाएको लुगामै बनाइएको टिकटक फेसबुकमा सार्वजनिक गरेकी छन् ।
गायिका अञ्जुको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराज शिवाकोटीसँग सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेदपछि उनी छोरी परितोशिकासँग बस्दै आएकी थिइन् ।