अछाम मंसिर १८ । नेपाली कांग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माले अहिले मिसन ८४ भनेर खुबै अभियान चलेको बताउनु भएको छ ।
आज सोमबार नेपाली कांग्रेस अछामको प्रथम जिल्ला अधिबेशनका लागी अछाम पुगेका महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा प्रती ईगींत गर्दै ८४ मात्रै नभई यस अघी र पछि पनि चुनाव हुने बताउनु भयो ।
अब्बल बिद्यार्थी त्यो होईन जसले परिक्षाको चिन्ता गर्छ,अब्बल त्यो हो जसले पढाईको चीन्ता गर्छ, कुनै पनि जिम्मेवार दलले मष्तिक्समा चुनाव,चुनाव राख्नुहुदैन उहाँले भन्नु भयो । साथै उहाँले मिसन ८४ भन्ने दललाई चुनावको शुभकामना समेत दिनु भयो ।
मिसन ०८४ नभई भिजन ९५ भनेर देशका लागि दलहरूले काम गर्नु आगामी १५ बर्षमा देशलाई कुन ठाउ सम्म पुयाउने भनेर लाग्नु पर्ने बताउनु भयो । समस्या अहिले भएकाले अहिलेको समस्या समाधानमा लाग्नुपर्ने महामन्त्री शर्माको भनाई थियो ।
Source : Nirakaran Khabar




