टेक बहादुर थापा
अछाम माघ ०२ । नेकपा एमाले मंगलसेन नगर कमिटी अन्तर्गत वडा न ४ को भेला सम्पन्न भएको छ । वडा कमीटीका अध्यक्ष तिलाराम बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष बोहराले एमाले अछामको अभिभावकत्व दिने वडा भनेकै वडा न ४ भएकाले यो वडाको संगठन थप मजबुत बनाएर लैजानुपर्ने बताउनुभएको छ ।

वडामा अहिले पनि संगठन मजबुत नै रहेको र यसलाई थप सुदृढ बनाएर लैजान आग्रह गर्नुभएको छ । मंगलसेन नगरपालिकामा एमालेको संगठन मजबुत हुदा आज पालिकामा एमाले नेतृत्वको सरकार भएको भन्दै यही कार्यलाई निरन्तरता दिनुपर्ने जिल्ला अधयक्ष बोहराको भनाई थियो । कार्यक्रममा एमाले पुर्व प्रदेश कमीटी सदस्य तथा मंगलसेन नगरपालिका प्रमुख पमद बहादुर बोहराले विगतमा जे जस्तो भएपनी अब वडा न ४ मा एमालेको संगठनलाई मजबुत बनाएर लैजानुपर्ने बताउनुभयो ।

पार्टी मजबुत भए मात्रै नागरिकहरुका सवालले स्थान पाउने भन्दै उहाले यसलाई निरन्तरता दिन सुझाव दिनुभएको छ । कार्यक्रममा एमाले जिल्ला कमीटी सदस्य पुस्प कठायत, पदम बहादुर धामी, नयन बहादुर बिक, साहित्यकार कमल राज केसी लगायतले मन्तव्य राख्नुभएको थियो । भेलाको संचालन वडा कमीटी सचिव भावना केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय