अछाम, माघ १० ।
अछाममा भालुको आक्रमणबाट गम्भीर घाईते किशोरीको ८ घण्टा पछि उद्धार भएको छ । राज्यको झन्झटिलो कागजी प्रक्रियाका कारण भालुको आक्रमणबाट गम्भीर अवस्थाकी रामारोशन गाउँपालिका ५ कि दुई किशोरी उपचारका लागि ८ घण्टा पछि मात्रै हेलिकप्टर मार्फत उद्धार भएको हो ।
आज बिहान जिल्लाको रामारोशन गाउँपालिका ५ तडिगैडाकी १९ बर्षिय किरण शाह र १८ बर्षिय पार्वती शाहलाई स्थानीय सालिमकोट बनमा आक्रमण गरेर घाईते बनाएको थीयो ।
घटनाबारे जिल्ला प्रशानलाई १० बजे मात्रै गाउँपालीकाले चिठी पठाएको आफुहरुले पत्र पाउने बितीकै मुख्यमन्त्रीं तथा मन्त्रीपरिषदको कार्यालय धनगढी हेलीकप्टरबाट उद्धारको लागी पत्र पठाएको अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनु भयो ।
भालुको आक्रमणबाट १९ बर्षिय किरण शाह गम्भीर घाइते भै अचेल अवस्थामा रहेकी र १८ बर्षिय पार्वती शाह गम्भीर घाइते रहेकी किशोरीहरुको उद्धारका लागि १ बजेर ३९ मिनेट मात्रै सुर्खेतबाट नेपाली सेनाको हेलीकप्टर घटनास्थलका लागी उडेको थियो । साढे २ बजे घटना स्थल पुगेको हेलिकप्टरलेउनिहरुलाई कोहलपुर मेडीकल लिने भनेपनि प्रतिकुल मौसमका कारण प्रादेशिक अस्पताल सुर्खेतमा पुुर्याईएको रामारोशन गाउँपालिका ५ का अध्यक्ष केशर शाहले बताउनु भयो ।प्रादेशिक अस्पताल सुर्खेतमा उपचार सुरु भएको अवस्था निकै जटिल रहेको साथमा गएका आफन्त कुमार शाहले बताउनु भयो । Copy News




