हिक्मत बहादुर नेपाली
अछाम , माघ १० ।
नेपाल मजदुर किसान पार्टी अछामले पार्टीको ५० औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम कमलबजार नगरपालिकाको गैरीटाँडमा सम्पन्न भएकोे छ ।
कार्यक्रमको प्रमुख अतिथीको आशनबाट बोल्दै नेमकिपाको केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक नवराज कोइरालाले पार्टीको ५० औं स्थापना दिवसको अवसरमा पार्टीका नेता कार्यक्रता सर्मथक तथा सुभचिन्तक लाई शुभकामना व्यक्त गर्नु भयो ।
उहाँले कार्यक्रममा बोल्दै नेपालको कम्युनिष्ट आन्दोलनमा स्थापनाको आधा शताब्दी सम्म आफ्नो उद्धेश्य निती र कार्यक्रममा अडिग रहनु गौरवको कुरा भएको चर्चा गर्नु भयो ।
अगाडी गप्दै कोइरालाले बिगतमा पञ्चायतको क्रान्तीकारी उपयोग र वर्तमान पूँजीवादी संसदमा क्रान्तिकारी संसदवादको उपयोग गरिरहेको तर्फ औल्याउनु भयो ।
नेपालको कम्यूनिष्ट आन्दोलनमा एमाले र माओवादी पार्टी पूँजीवादी पार्टी सावित भएको उदाहरण प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा अतिथीको आशन बाट बोल्दै नेमकिपा अछामका अध्यक्ष झंकर शाहीले एमसीसी अनुमोदन गर्नेहरु अमेरिकी साम्राज्यवादका दलाल सावित भएको बताउनु भयो ।
उक्त कार्यक्रममा नेक्राविसंघ अछामका अध्यक्ष विरेन्द्र बहादुर शाहीले पूँजीवादी शिक्षा प्रणलीले कामदार जनताका छोराछोरीको हितमा नहुने ठोकुवा गर्नु भयो ।
उक्त कार्यक्रममा नेमकिपा जिल्ला समिती सदस्य राजेन्द्र शाही, नेक्रा मजदूर संघका अध्यक्ष महेन्द्र रावल , नेक्रा महिला संघ कमलबजार नगरपालिका वडा नं ६ का अध्यक्ष अम्मकला शाही, वडा सदस्य रिउली शाही र ने.क्रम.युवा संघका नेत्र बहादुर शाही लगायतले बोल्नु भएको थियो । नेमकिपा जिल्ला समिती सदस्य सुरेन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुवास शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय