अछाम , माघ ११ ।

मंगलसेन नगरपालिकाले बजार क्षेत्रका विभिन्न ठाउमा फोहोर राख्ने डस्टबिनहरु  राखेको छ । बजार क्षेत्रका विभिन्न १५ ठाउमा फोहोर राख्ने डस्टबिनहरु राखेको पालिकाले जनाएको छ । बजार क्षेत्रका कार्यालय, पसल र घरबाट निस्कीने फोहोरको व्यवस्थापनमा सहज होस भन्ने उदेश्यले सार्वजनिक स्थल लगायत बजार क्षेत्रमा डस्टबिनहरु राखिएको नगरपालिकाका बन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नरेश बहादुर कठायतले बताउनुभयो ।

फोहोरको वर्गिकरण गर्न सहज होस भन्ने उदेश्यले कुहिने र नकुहिने फोहोर राख्न दुई प्रकारका डस्टबिन राखिएका छन । रातो डस्टबिनमा नकुहिने र हरियो डस्टबिनमा कुहिने फोहोर फाल्ने मिल्ने गरि छुट्टा छुट्टै डस्टबिन राखिएको कठायतले बताउनुभयो । बजार क्षेत्र तथा सार्वजनिक स्थलमा हिडडुल गर्ने नागरिकहरुले आफुले फाल्ने फोहोर बजारमा राखिएका डस्टबिनमा मात्रै राखेर सहयोग गरिदिन नगरपालिकाले आग्रह गरेको छ । कुन डस्टबिनमा कुहीने फोहोर फाल्ने र कुन डस्टबिनमा नकुहिने फोहोर फाल्ने भनेर सम्बन्धित ठाउमै लेखि दिएको हुदा सोही अनुरुप आफ्नो घर, पसल तथा अफिस बाट निस्कीने फोहोर राखेर सहयोग गरिदिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले आग्रह गर्नुभएको छ ।

होटल तथा घर बाट दुई प्रकारका फोहोरहरु निस्कने भएकाले आफ्नो घरबाट निस्कने फोहोर आफ्नो घर वा पसल अगाडी राखिएको डस्टबिनमा राखेर समंगलसेनहयोग गरि सभ्य नागरिकको पहिचान दिन प्रशासकीय अधिकृत सोडारीले सबैलाई आग्रह गर्नुभएको छ । अहिले पनि बजार क्षेत्रमा फोहोर जथाभावि फाल्ने गलत प्रवृति रहेको भन्दै उहाले यसो गरेमा आगामी दिनमा त्यस्ता व्यापारी तथा घरधनीलाई नियमा अनुसार कार्बाही गरिने समेत चेतावनी दिनुभएको छ । रेडियो गाउँघर संग कुराकानी गर्दै प्रमुख प्रशासकीय अधिकृत सोडारीले कुिहने र नकुहीने फोहोर छुट्टा छुट्टै ठाउमा राखि दिएको खण्डमा फोहोर बर्गिकरण गर्नपनि सहज हुने र कुहिने फोहोर मंगलसेन नगरपालिकाको वडा न ६ मा निकालिएको वायुग्यासका लागि पनि प्रयोगमा आउने भएकाले यो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । हरेक नगारिकले आ–आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा बजार क्षेत्रपनी सफा देखिने र फोहोर पनि मोहोरमा परिणत हुने विश्वाश ब्यक्त गर्नुभएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय