कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित तीन युवक पक्राउ परेका छन्। बेलौरी नगरपालिका-१० सडकघाटबाट ७७० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित सोही ठाउँका २६ वर्षीय प्रशान्त चौधरी बुधवार राति पक्राउ परेका हुन्। प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित चौधरीलाई फेला पारी पक्राउ गरेको हो।
यस्तै भीमदत्त नगरपालिका-१० गडडाचौकी स्थित व्यारेलबाट ०.८३ ग्राम लागूऔषधसहित भीमदत्त-३ बस्ने २८ वर्षीय दिवस कुँवर र भीमदत्त-१ का २८ वर्षीय प्रेमराज जोशी पनि बुधवार राति पक्राउ परेका छन्। ईलाका प्रहरीकार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुबै जनाहरुलाई पक्राउ गरेको हो। पक्राउ परका तीनै जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।




