कैलाली । सुदूरपश्चिम प्रदेश सभा सदस्यले दायर गरेको एक मत बदर भएको छ ।  राष्ट्रिय सभा सदस्यको लागि भएको मतदानमा सुदूरपश्चिम प्रदेश सभा सदस्यले दायर गरेको अन्य कलस्टरको एक मत बदर भएको छ । यहाँ अन्यबाट गठबन्धनबाट कांग्रेसका बद देव बोहरा र एमालेका ईश्वरी खरेल को प्रतिस्पर्धा छ ।

५२ मध्ये कांग्रेसका बोहराले ३९ जनाको मत पाउँदा एमालेका खरेलले ११ जनाको मत पाएका छन् । महिला तर्फ गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादीकी रेणु चन्दले ४१ जनाको मत पाउँदा एमालेकी सावित्री घिमिरेले ११ र  अपाङ्गता तर्फ कांग्रेसका नारायणदत्त भट्टले ४० मत पाउँदा एमालेका रामचन्द्र जोशीले १२ मत पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय