हिक्मत बहादुर नेपाली
कमलबजार, माघ ११ ।
कमलबजार दलित एकता समाजले दलित समुदायको पुर्खेउली पेशा प्रवद्धन गर्न २५ सेट आरनका सामाग्री वितरण गरेको छ । जिविकोपार्जनमा सहजता प्रदान गरी आत्मनिर्भर बन्न सहयोग पुगोस भन्ने उदेश्यले कमलबजार नगरपालिका भित्र आरन व्यवसाय गरिरहेका २५ जना लाई ४ लाख ८० हजार मुल्य बराबरका सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको समाजका अध्यक्ष मिलन नेपालीले जानकारी दिनु भयो ।
आरन सामाग्री हस्तान्तरण कार्यक्रमका जिल्ला समन्वय समिती सदस्य प्रनार्थ विश्वकर्मा, कमलबजार नगरपालिकाका कार्यपालिका सदस्य धन बहादुर कामी कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट,लगायतको उपस्थिीती रहेको थियो । कमलबजार नगरपालिकाको सहयोग तथा दलित एकता समाजको सहजिकरणमा सामाग्री हस्तान्तरण गरिएको हो । पछिल्लो समय कमलबजार दलित एकता समाजले दलित समुदायको शसक्तीकरणका लागी विभिन्न कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय