बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाले गाउँघरमै भत्ता वितरण गर्न थालेको छ। पालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र कुमारी बैंकको संयुक्त आयोजनामा पालिका भित्र सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको  हो।

शिविर मार्फत अहिले दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको गाउँपालिकाको पञ्जीकरण शाखा प्रमुख लोक राज जोशीले जानकारी दिए। कुमारी बैंक र डिलासैनी गाउँपालिकाको सँयुक्त आयोजनामा माघ ५ गतेबाटे वडा तथा गाउँगाउँ पुगेर सबै प्रकारको सामाजिक सुरक्षा भत्ता बैंङ्किङ प्रणाली मार्फत वितरण कार्य सुरु गरिएको  उनले बताए। वृद्धवृद्धा, अशक्त र आपाँङगता भएका व्यक्तिहरुको सहजताका लागि गाउँ गाउँमै गएर सामाजिक सुरक्षा भत्ता वितरणको काम भैरहको उनले बताए।

डिलाशैनीमा  भत्ता विरतण कार्य  माघ पाँच गतेदेखि सुरु भएको बताइको छ। वडा नम्बर २ र  ३ मा  बाँकी रहेको पञ्जीकरण शाखा प्रमुख जोशीले बताए। बाँकी रहेको वडा नम्बर २ बाटपनि बिहीवारबाट सुरु गरिएको र वडा नम्बर ३ मा माघ १४ गते भत्ता वितरण हुने उनको  भनाइ छ। पालिकाले गाउँघरमै भत्ता वितरण गर्न थालेपछि सेवाग्रही खुसी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय