हिक्मत बहादुर नेपाली
अछाम , माघ १४ ।
७१ औं विश्व कुष्ठरोग दिवसको अवसरमा स्वास्थ कार्यालय अछामको आयोजनामा पत्रकार संग अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ कार्यालय अछामका प्रमुख जनस्वास्थ्य अधिकृत झनक ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा हाल सम्म स्वास्थ कार्यालय बाट कुष्ठरोग निवारणका लागि गरिएका कार्य सम्बन्धि प्रस्तुतिकरण गरिएको थियो ।
कुष्ठरोग सम्बन्धि गलत अवधारणाको अन्त्य गरौं र मर्यादित व्यवहार गरौं भन्ने मुल नाराको साथमा भएको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांक अनुसार संन २००० देखि हाल सम्म अछाममा ३७४ जनालाई कुष्ठरोग संक्रमित भएको र हाल २८ जनाले नियमित औषधी सेवन गरिरहेको र वाँकि लाई निको भएको बताईएको छ ।
सो कार्यक्रममा अछाम स्थित विभिन्न सञ्चारमाध्यममा आवद्व पत्रकारको उपस्थिति रहेको थियोे ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यलयका जन स्वास्थ्य अधिकृत झपट राज ढुंगानाले गर्नु भएको थियो ।




