हिक्मत बहादुर नेपाली
कमलबजार माघ १५ ।
कमलबजार नगरपालिका वडा नं ९ मष्टावण्डालीमा सार्वजनिक सुनुवाइ तथा योजना तर्जुमा कार्यक्रम कार्यक्रम भोलि माघ १६ गते मंगलबार हुने भएको छ । आव २०७९/८० को सार्वजनिक सुनुवाई तथा आव २०८०/८१ को योजना तर्जुमा कार्यक्रम हुन लागेको हो ।
पालिकाको विभिन्न उल्झनले हुन नसकेको सार्वजनिक सुनुवाइ तथा योजना तर्जुमा भोली मंगलबार हुन लागेको वडा अध्यक्ष कमल प्रसाद बजगाईले जानकारी दिनुभयो ।
वडा कार्यालयको प्राङ्गणमा बिहान १० बजे बाट सुरु हुने कार्यक्रममा वडाका आम नागरिक लाई सहभागीता जनाई दिन वडा अध्यक्ष कमल प्रसाद बजगाइले आग्रह गर्नु भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण कमलबजार मिडिया प्रा.लि.ले गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय