काठमाडौं : नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको दशौं संस्करणको ‘नेफ्टा अवार्ड २०७५’ मा कलाकारहरुले बेजोड प्रस्तुति दिएका छन्।

सोल्टी होटेलमा शनिवार राति आयोजित अवार्ड वितरण कार्यक्रममा सोभित बस्नेतदेखि सलोन सुरक्षा पन्तसम्मले कम्मर मर्काएका थिए। कार्यक्रममा सलोन बस्नेत, सन्दीप क्षेत्री, मल्भिका सुब्बा, पल शाह, गरिमा शर्मा, प्रबिशा अधिकारी, सुरक्षा पन्त, बिन्दु परियारलगायतका कलाकारले प्रस्तुति दिए।

नेफ्टा अवार्डमा २०७५ मा पर्दशन भएका फिल्महरुलाई समावेश गरिएको थियो। जसमध्ये ‘छक्का पञ्जा ३’ ले उत्कृष्ट फिल्मको उपाधि पाएको छ। साथै ‘प्रसाद’बाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र ‘साँइली’बाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएका छन्।

फिल्म ‘छक्का पञ्जा ३ र प्रसाद’ ले महत्त्वपूर्ण ६/६ विधामा अवार्ड जित्न सफल भएका छन्। ‘छक्का पञ्जा ३’ बाट दिपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड हात पार्दा फिल्म ‘हरि’ ले जुरी अवार्ड पायो।

पपुलर अभिनेता र अभिनेत्रीको अवार्ड भने अनमोल केसी र साम्रागी राज्यलक्ष्मी शाहले पाएका छन्। फिल्म ‘इन्टुमिन्टु लन्डनमा’ बाट धिरज मगर र ‘ए मेरो हजुर ३’ बाट उत्कृष्ट डेब्यु अभिनेता/अभिनेत्रीको अवार्ड जितेका छन्।

कार्यक्रममा चलचित्र प्राविधिक संघले साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई ५१ हजार १११ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो।

चलचित्रकर्मीको वास्तविक सम्मान भन्ने नारासहित आयोजति अवार्डमा नेफ्टासँग ड्रिम हाइ नेपालले सहकार्य गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय