हिक्मत बहादुर नेपाली
कमलबजार, फाल्गुन १४ ।
अछामको कमलबजार नगरपालिका वडा नं ९ मष्टावण्डालीमा वालविवाह न्यूनिकरणका लागी प्रत्येक टोलमा जनचेतनामुलक कार्यक्रम गर्नुका साथै १८ बर्ष मुनीका वालबालिका लाई एन्रोएड तथा स्मार्ट मोवायल फोन प्रयोग गर्न बन्देज लगाउने निर्णय गरिएको छ । सामाजिक सञ्जालको दुरुपयोग बढे संगै वालविवाह बढिरहेकाले यस्तो निर्णय गरिएको वडा अध्यक्ष कमल प्रसाद बजगाईले बताउनु भयो ।
आज वडामा आयोजित वालविवाह न्यूनीकरण सम्बन्धि विभिन्न सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रममा वालविवाह गर्ने घरपरिवार लाई राज्य बाट प्रदान गर्ने सेवासुविधा बाट समेत बञ्चित गर्ने निर्णय गरिएको र निर्णयलाई वडा सरकारले तत्काल कार्यान्वयन गर्ने वडा अध्यक्ष बजगाईले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा स्थिीत जनप्रतिनिधी, राजनितीक दलका प्रतिनिधी विभिन्न विद्यालयका प्रधानाध्यापक, विव्यसका अध्यक्ष, वाल क्लवका पदाधिकारी, अभिभावक, सञ्चारकर्मी लगायत विभिन्न सरोकारवाला निकायको उपस्थिीती रहेको थियो । Program Full Vedio KAMALBAZAR MEDIA KBM TV ma Herna Sakinexa.

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय