कमलबजार, फाल्गुन १४
कमलबजार नगरपालिकामा दादुरा रुवेला खोप अभियान चलिरहेको छ । ९ महिना देखि ५ बर्ष मुनिका बालबालिका लाई दादुरा रुबेला खोप अभियान जारी छ । आज दोश्रो दिन २४९ जना महिला र २६९ जना पुरुष गरि जम्मा ५१८ जनाले खोप लगाईएको कमलबजार नगरपालिका स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट टेक बहादुर बिष्टले जानकारी दिनुभयो । खोप कार्यक्रम कमलबजार नगरपालिका का ३१ वटा खोप केन्द्र बाट बिहान १०ः०० बजे देखि अहिले बेलुका ४ः०० बजे सम्म सञ्चालन भएको थियो । पालिकामा खोप तालिका अनुसार खोप अभियान चल्नेछ । नजिकैको खोप केन्द्रमा गई आफ्ना वालवालिकालाई खोप लगाउन सकिनेछ ।



