हिक्मत बहादुर नेपाली
कमलबजार, चैत्र २ ।
प्रवासी तथा उनिहरुको दम्पतीका लागि एचआईभी/टिबी कार्यक्रम अन्तर्गत सरोकारवाला संग समन्वयात्मक बैठक कमलबजारमा सम्पन्न भएको छ । पहुच र सृजनाका लागी सहकार्य नेपालको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता वाक नेपालका कार्य समिति सदस्य सुरत बहादुर खड्काले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै खड्काले एचआईभी/टिबी रोकथामका लागी विभिन्न साझेदार संघ संस्था संग सहयोग र सहकार्य गरेर जानुपर्ने बताउनु भयो ।
कार्यक्रम को प्रमुख अतिथिमा कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा बिष्ट कुँवर रहनु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै समाजमा लुकेर रहेका एचआईभी तथा टिभी संक्रमितको गोप्य पहिचान गरि पालिकाले सहयोग गर्ने वातावरण सिर्जना गरे उनीहरुको शिक्षा स्वास्थ्य र पोषणका क्षेत्रमा सहयोग गर्न पालिका तयार रहेको बताउनु भयो ।
यस्तै अथितीको आशन बाट बोल्दै कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले एचआईभी÷टिबी संक्रमितको पहिचान गर्न वडा तहमै परिक्षणको दायरा बढाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा कमलबजार नगरपालिकाका वडा नं २ अध्यक्ष दिर्घा टमट्टा, कमलबजार नगरपािलका स्वास्थ्य शाखा प्रमुख चक्र बहादुर बिष्ट लगायत विभिन्न सरोकारवालाको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांशले एचआईभी एड्स विरुद्ध सबै लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
प्रवासी तथा उनिहरुको दम्पतीका लागि एचआईभी/टिबी कार्यक्रम परियोजना संयोजक कविता सुवेदीले कार्यक्रम को उदेश्य माथि प्रकाश पादै संस्थाले सो क्षेत्रमा गरिरहेका कार्यका बिषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको सञ्चालन तथा सहजिकरण HIV/TB परियोजना अनुगमन तथा मूल्याङ्कन अधिकृत टेकेन्द्र परियारले गर्नु भएको थियो ।
दिगो विकासका १७ सुचक मध्ये ११ क्षेत्रमा वाक नेपालले काम गरिरहेको छ । जस मध्ये प्रवासी तथा उनिहरुको दम्पतीका लागि एचआईभी÷टिबी कार्यक्रम अन्र्तगत अछाम र डोटीका काम गरिरहेको छ ।
अछाममा ६०५ जना एच.आई.भि. संक्रमित रहेका छन । जस मध्ये ५१ जना बालबालिका रहेका छन । त्यसै गरी कमलबजार नगरपालिकामा एच.आई.भि. संक्रमितको संख्या ९५ जना रहेको र उनिहरुले एआरटी औषधी सेवन गरिरहेका छन । यस क्षेत्रमा काम गर्नका लागी ग्लोबल फण्ड तथा सेभद चिल्ड्रेन इन्छरनेशनल नेपालको सहयोगमा यस बर्ष ६१ लाख ३१ हजार रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय