टेक बहादुर थापा -अछाम, चैत्र ०४ ।
अछामको साफेबगर नगरपालिका वडा न ९ बुढाकोटका युवाहरुले आफुहरुको पेशा लोप हुदै गएको प्रति चिन्ता ब्यक्त गरेका छन । पछिल्लो समयमा बढ्दो आधुनिकताको कारणले दलित समुदायले जिविको पार्जनका लागि गर्दै आएका कामहरु लोप हुन थालेको भन्दै चिन्ता ब्यक्त गरेका हुन । दलित समुदाय भित्र पनि बाजागाजा बजाउने नेपाली समुदायको पेशा अझ बढि संकटमा परेको उनीहरुको भनाई छ । पहिले आफ्ना बाउ बाजेको पालामा लुगा सिलाउने, पंचेबाजा बजाउने पेशा राम्रै हिसाबले चलेपनि पछिल्लो समयमा यो पेशा लोप हुन थालेको भन्दै आफुहरुको जिविको पार्जनमा निकै समस्या भएको स्थानीय दलित अगुवा सर्जन परियारले बताउनुभएको छ । पहिले हाम्रो समुदायमा मात्रै लुगा शिलाउने प्रचलन थियो अहिले अन्य जातिका मान्छेहरुले पनि यो पेशा गर्न थालेपछि आफुहरुको यो पेशा संकटमा पर्न थालेको भन्दै उक्त समुदायका युवाहरुले यो पेशामा आधुनिकता नहुदा समस्या भईरहेको परियारको भनाई छ । यो पेशा बाट आफ्नो समुदायका ब्यक्तिहरुको घरगुजारा नचल्ने भएपछि अहिले लुगा शिलाउने र पंचेबाजा बजाउने पेशा छोड्दै गएको बताउनुभयो । शनिबार वडामा साफेबगर नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय अछामले आयोजना गरेको ब्याण्ड बाजा सिपविकास तालिममा सहभागि युवाहरुले पछिल्लो पुस्ताका युवाहरुमा सृजनशिलता नहुनु र सरोकारवाला बाट पनि पेशामा सहयोग पुग्ने खालका गतिविधि नभएको हुदा आफुहरु गाउँ छोडेर बाहिर जाने गरेको गुनासो गरेका छन । पछिल्लो समयमा आफुहरुले बजाउदै आएको पंचेबाजाको माग नबढ्दा पनि यो पेशाप्रतिको आकर्षण घट्दै गएको अर्का युवा तेज बहादुर परियारले बताउनुभयो । ढिलै भएपनी आफुहरुको माग अनुसार स्थानीय सरकारले ब्याण्ड बाजा बजाउने सिप विकास तालिमको आयोजना गरेकोमा धन्यवाद दिदै यसलाई व्यवसायका रुपमा अगाडी बढाउने गरि सिप सिक्ने परियारको भनाई छ । कार्यक्रममा बोल्दै जिल्ला घरेलु तथा साना उद्योग कार्यालय अछामका उद्यमविकास सहजकर्ता चेतराज पनेरुले सिप कुनै ठुलो सानो नहुने भएकाले आफ्नो परम्परागत पेशालाई जोगाउदै सोही सिपमा आधुनिकता ल्याउन युवाहरुलाई सुझाव दिनुभएको छ । सिप बिनाको ब्यक्ति मरेतुल्य हुने भएकाले कुनैपनी ब्यक्ति आत्मनिर्भर बन्नका लागि व्यवसायी बन्नुपर्नेमा जोड दिनुभएको छ । शनिबार एक कार्यक्रमका विच उद्घाटन गरिएको तालिममा प्रमुख अतिथिको आशनबाट बोल्दै साफेबगर नगरपालिका प्रमुख रोजेन्द्र बहादुर कुवँरले केही नया गर्न चाहाने युवाहरुलाई नगरपालिकाको तर्फबाट पुर्ण सहयोग रहने प्रतिबद्धता जनाउनु भएको थियो । यो पेशा पछिल्लो समयमा लोप हुन थालेको भन्दै उहाले यसमा आधुनिकता र ब्यवसायिकता ल्याउन दलीत समुदायका नागरिकहरु नै अग्रसर हुनुपर्ने बताउनुभयो । युवाहरुले केही गर्छु भन्ने भावनाका साथमा अघि आएको खण्डमा नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको नगर प्रमुख कुवँरले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै वडा अधयक्ष दिपक बहादुर कुवँरले युवाहरुको मागलाई मध्यनजर गर्दै वडा सरकार सिप मुलक कार्यक्रमहरु संचालन गर्न तयार रहेको तर युवाहरु पनि सिप सिकेर व्यवसाय गर्न तायर हुनुपर्नेमा जोड दिनुभएको छ । राम्रो गर्नेलाई आफुहरुको साथ र सहयोग रहने बताउदै आफु जहिले पनि व्यवसायको पक्षमा रहेको बताउनुभयो । एक महिने तालिममा बुढाकाुटका १० युवाहरुको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय