हिक्मत बहादुर नेपाली
अछाम , चैत्र ११ । हो हामी क्षयरोग अन्त्य गरौं भन्ने मुल नाराको साथमा यश बर्षको क्षयरोग दिवस देश भर विभिन्न कार्यक्रम गरि मनाईएको छ । यसै सन्दर्भमा
स्वास्थ कार्यालय अछामको आयोजनामा क्षयरोग दिवसका अवसरमा पत्रकार संग अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । स्वास्थ कार्यालय अछामका प्रमुख जन स्वास्थ अधिकृत झनक राज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रम क्षयरोगको हालको अवस्थाका बिषयमा जानकारी गराईएको थियोे ।
अछाममा गत आर्थिक बर्ष २०७९÷८० मा अछाममा क्षयरोग संक्रमित ८१ जना रहेकोमा यस आर्थिक बर्षमा माघ मसान्तसम्म ८३ जना क्षयरोग संक्रमित रहेको बताएको छ । गत आर्थीक बर्षमा संक्रमित मध्ये १३ जनाको मृत्यु भएको थियो । यस आर्थिक बर्षको माघ मसान्त सम्म २ जनाको क्षयरोगका कारण मृत्यु भएको छ । क्षयरोग एक प्रकारको सरुवा रोग हो । धुम्रपान तथा लागू पदार्थ सेवन गर्ने व्यक्तिमा क्षयरोग संक्रमण बढी देखिन गरेको जन स्वास्थ अधिकृत ढुंगानाले बताउनु भयो । प्रारम्भिक अवस्थामै रोग पहिचान गरि उपचार गराएमा क्षयरोग पुर्ण रुपमा निको हुन्छ । अन्तरक्रिया कार्यक्रमको सञ्चालन स्वास्थ कार्यालयमा कार्यरत जन स्वास्थ अधिकृत झपट राज ढुंगानाले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय