
रमिता बि क,
कमलबजार, जेठ ३०, कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाले वडाका १० जना एचआइभी संक्रमितलाई पोषणयुक्त खानेकुराका लागि हस्तान्तरण गरेको छ।
आर्थिक वर्ष २०८०८१ को विनियोजित २० हजार बजेटबाट वडाका १० जना एचआइभी संक्रमितलाई प्रोत्साहन स्वरूप पोषणयुक्त खानेकुराका लागि रकम हस्तान्तरण गरिएको हो। वडा नम्बर ५ का वडाध्यक्ष सत्यराज तिमिल्सैनाको नेतृत्वमा एक कार्यक्रमका बीच पोषणयुक्त खानेकुराका लागि रकम हस्तान्तरण गरिएको गरिएको स्रोतले जनाएको छ।
लामो समयसम्म एचआइभी एड्स रोगसँग लडिरहेका आर्थिक अवस्था कमजोर भएका एचआइभी संक्रमित पीडितलाई केही राहत पुगोस् भन्ने उद्देश्यले पोषणयुक्त खानेकुराका लागि वडाबाट आर्थिक वर्ष २०८०र८१ को विनियोजित बजेटबाट रु २० हजार रकम छुट्याई आज वडा स्तरीय संक्रमित समूहकी अध्यक्ष चन्द्रकला चन्द्रकला तिमिल्सैनालाई सबै संक्रमित सामु पुग्ने गरी हस्तान्तरण गरेको वडाध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिनुभएको छ।
वडा कार्यालयमार्फत रकम हस्तान्तरण गरिएपछि एचआइभी पीडितहरूले वडाध्यक्ष सत्यराज तिमिल्सिनालाई धन्यवाद समेत दिएका छन् । वडा कार्यालयको आर्थिक सहयोग पाएपछि आफूलाई पोषणयुक्त खानेकुरामा सहयोग पुग्ने भएकाले पीडित हरू खुसी भएका छन्।